Comments Add Comment

गरिबी निवारण कोषको बित्तीय स्रोत जुटाउन कार्यदल गठन

२ भदौ, काठमाडौंं । सरकारले गरिवी निवारण कोषको वित्तीय स्रोत जुटाउन एक कार्य दल निर्णय भएको छ ।

गरिवी निवारण कोषका अध्यक्ष समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले कोषको वित्तिय स्रोत जुटाउन कार्य दल नै बनाउने घोषणा गरेका छन् ।

शुक्रबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयमा बसेको कोषको ६८ औं बैठकमा बोल्दै उनले कोषको वित्तीय स्रोत जुटाउने मुख्य आधार तय गर्न पाँच वटा मन्त्रालयका सचिवहरु रहने गरी कार्यदल गठन गर्ने घोषणा गरेका हुन् ।

कार्यदलमा प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयका, अर्थ मन्त्रालय, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय, स्थानीय विकास मन्त्रालय, राष्ट्रिय योजना आयोगका सचिव र कोषका एक जना प्रतिनिधि समेत सहभागी रहनेछन् ।

कार्य दललाई कोषको कार्यक्रमको प्राथमिकता निर्धारण गर्ने कार्यादेश समेत दिइने कोषका उपाध्यक्ष डा. वाईबी थापाले जानकारी दिएका छन् ।

गरिवी निवारण कोषले भावी रणनीति तय गर्न भाद्र अन्तिम साता सरोकारवाला निकायहरुबीच उच्चस्तरीय बैठक बोलाउने समेत निर्णय भएको छ ।

त्यसैगरी कोषको वित्तिय स्रोतलाई विस्तार गर्ने उद्देश्यका साथ आगामी कार्तिकमा अन्तराष्ट्रिय स्तरको हस्तकलासम्बन्धि गोष्ठी पनि आयेाजना गर्ने निर्णय पनि गरिएको छ । कोषसँग सामूदायिक सशक्तिकरण कार्यक्रमका लागि करिव १५ अर्वको ‘सामाजिक भौतिक कोष’ छ ।

सामूदायिक सशक्तिकरण कार्यक्रम अन्तरगत कोषसँग झण्डै ३३ हजार संघ, संस्थाको आवद्धता छ । उनीहरुलाई सोझै स्थानीय तहसँग समन्वय गरेर काम गर्ने व्यवस्था गर्न लागिएको पनि कोषका उपाध्यक्ष थापाले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment