+
+
Shares

देउवा सरकारमा थपिए ८ राज्यमन्त्री

अनलाइनखबर अनलाइनखबर
२०७४ भदौ ४ गते १६:२५


४ भदौ, काठमाडौं । नेकपा माओवादी केन्द्रले ८ राज्यमन्त्री छानेको छ । उनीहरुले आजै सपथ लिएका छन् ।

माओवादीबाट श्यामकुमार श्रेष्ठ गृह राज्यमन्त्री बनेका छन् भने रामसिंह यादव स्वास्थ्य र जाकिर हुसेन महिला बालबालिका राज्यमन्त्री बनेका छन् ।

यस्तै शम्भुलाल श्रेष्ठ उर्जा, कर्णबहादुर विक आपूर्ति, छमबहादुर गुरुङ शहरी विकास, गोमा कुँवर पशुपक्षी र वाङ्दी शेर्पा सामान्य प्रशासन राज्यमन्त्री बनेका छन् ।

८ राज्यमन्त्रीलाई प्रधानमन्त्री शेरबहादुर देउवाले आजै पद तथा गोपनियताको सपथ गराएका छन् ।

सत्तारुढ नेपाली कांग्रेस र फोरम लोकतान्त्रिकले भने केही दिनमा राज्यमन्त्री पठाउने बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?