एसिडिटी अर्थात अम्लपित्त नेपालीहरुको आम समस्या हो । यसलाई नेपालीमा ग्याष्ट्रिक पनि भन्ने गरिन्छ । अस्वस्थ्यकर जीवनशैली र खानपानको कारण एसिडिटीको समस्या हुनेगर्छ ।
ग्यास वा एसिडीटीको समस्या भएमा पेटमा जलन हुने, पेट दुख्ने, अमिलो पानी आउने गर्छ । अस्वस्थ्यकर खाना, समयमा खाना नखानु नै यसको प्रमुख कारण हो ।
किन हुन्छ ?
एसिडिटी हुनुको मुख्य कारण भनेको खानपिनमा हुने लापरवाही होे । अर्थात अनियमित खानपानले एसिडिटी निम्त्याउँछ ।
एकसाथ धेरै खानेकुरा वा अपच हुनेगरी खाँदा एसिडिटी हुन्छ । अमिलो, पिरो, तारेको, पोलेको खानेकुरा पनि एसिडिटीको कारण हुन् । चुरोट सेवन गर्ने, मदिरा पिउनेलाई एसिडिटीले सताउँछ । वासी खाना, दुधको चिया, कफीले पनि यो समस्या बढाउँछ ।
खाना खानसाथ सुत्नाले पनि एसिडीको समस्या हुने गर्छ ।
कसलाई हुन्छ ?
समयमा खाना नखाने, मसलेदार वा मीठो मसिनो खानेकुरमा जोड दिने, मदिरापान गर्ने एसिडिटीको सिकार हुन्छन् । राती खानसाथ सुत्नेहरुलाई पनि एसिडिटी हुन्छ । जथाभावी खाना खाने तर, व्यायाम नगर्ने एवं निस्त्रिmय जीवन विताउनेहरुलाई एसिडडिटी हुन्छ ।
कसरी थाहा पाउने ?
१. अचानक डर लाग्नु
२. सास लिन समस्या उत्पन्न हुनु
३. पेट दुख्ने वा जलन हुने
४.पेट फुल्ने
५. मुखमा अमिलो पानी आउनु
६. वान्ता हुनु
७. भोक नलाग्नु/ खान मन नलाग्नु
८. अमिलो डकार आउनु
९. छाती पोल्नु
कसरी बच्ने ?
एसिडिटीबाट बच्न सबैभन्दा पहिले खानपानको तालमेल बनाउन जरुरी छ । त्यसको लागि तारेको तथा अत्याधिक मसला प्रयोग गरिएको खानबाट बच्नु पर्छ । त्यस्तै , विहान खाली पेटमा मनतातो पानीकेा सेवन तथा नेपाली लसुुनको प्रयोगले पनि एसिडीटी हुनबाट बचाउँछ ।
दैनिक नरिवल पानीको सेवन तथा गर्नाले पनि कव्जियत लगायत एसिडीको समस्या कम हुन्छ ।
एसिडिटी हुनेले घरमै बनाएको खाना खान आवश्यक छ । त्यस्तै, आवश्यक भन्दा कम खाना खाने, राती सुत्नु अगाडी मन तातो दूधको सेवन गर्नाले पनि एसिडीटीको समस्या कम हुन्छ । त्यस्तै, खाना खादाँ पचाएर खाने, समय समयमा खाना खाने, राती सुत्नुभन्दा करिब तीन घण्टा अगाडी खानाको सेवन गर्ने, समय समयमा खाना खाने गर्नु पर्छ ।
घरेलु उपाय
एक कप पानीमा आधा चम्चा बैकिङ्ग सोडा र दुई चम्चा कागतीको रस मिलाएर पिउनाले पनि एसिडिटी हुनबाट बच्न सकिन्छ ।
त्यस्तै, एसिडिटीका कारण पेटमा हुने जलनबाट बच्न अदुवा, तथा कागतीको रसमा मह मिसाएर पिउन सकिन्छ । अधिक मात्रामा पानीको सेवनले पनि एसिडिटी हुन पाउदैन । दुधमा बेसार मिलाएर तथा ज्वानोमा वीरे नुन, लसुन, बेसार, हींग मिसाएर पिउनाले पनि एसिडिटी वा पेटको जलन हुनुका साथै पेट फुल्दैन ।
प्रतिक्रिया 4