+
+
Shares

अब सबै स्थानीय तहमा पत्रकार महासंघ

अनलाइनखबर अनलाइनखबर
२०७४ भदौ ८ गते १४:३८

८ भदौ, काठमाडौं । नेपाल पत्रकार महासंघले सबै स्थानीय तहमा संगठनात्मक संरचना बनाउने भएको छ ।

महासंघका नवनिर्वाचित अध्यक्ष गोविन्द आचार्यले संघीय ढाँचा अनुसार सबै स्थानीय तहमा पनि महासंघको पुनर्संरचना गर्ने प्रतिवद्धता व्यक्त गरेका हुन् ।

उनले महासंघलाई आम पत्रकारहरुको साझा संस्थाको रुपमा स्थापित गराउन आफू लागि पर्ने प्रतिवद्धता समेत व्यक्त गरेका छन् ।

बिहीबार भक्तपुरमा महासंघको नेतृत्वको सम्मानमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष आचार्यले महासंघको सदस्य वितरणमा पनि कडाई गरिने बताए ।

उनले क्रियाशील पत्रकारहरुलाई मात्रै सदस्यता दिएर महासंघमा गैर पत्रकारहरुको प्रवेशमा रोक लगाउने दृढता व्यक्त गरे ।

महासंघले सार्वजनिक सुनुवाई गरेर मात्रै महासंघको सदस्य वितरण गर्ने तयारी पनि गरेको छ । अध्यक्ष आचार्यले गैर पत्रकारहरुको प्रवेशमा रोक लगाउने गरी क्रियाशील पत्रकारहरुलाई मात्रै सदस्य वितरण गर्न लागिएको पनि स्पष्ट पारे ।

अध्यक्ष आचार्यले महासंघलाई श्रमजिवी पत्रकारहरुको हितमा केन्दि्रत गर्ने प्रतिवद्धता पनि व्यक्त गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?