Comments Add Comment

चार पटकको बिजेता न्यू डायमण्डलाई हराउँदै एपिएफले जित्यो उपाधि

८ भदौ, पोखरा । लगातार चारपटकको बिजेता न्यू डायमण्डलाई हराउँदै बिभागीय टोली एपिएफले राष्ट्रिय भलिबलको उपाधि जितेको छ । यसअघि चारै पटक उपबिजेतामा सीमित भएको एपिएफले एक संस्करणमा न्यू डायमण्डसँग बदला लिएको छ ।

पोखराको लामाचौरस्थित नव आदर्श सामुदायिक विकास समाजले तीजको अवसरमा गरेको राष्ट्रिय महिला भलिवल प्रतियोगितामा साविक बिजेता न्यू डायमण्ड एकेडेमी एपिएफसामू सोझो सेटमा पराजित भयो ।

विजेता एपिएफले ७५ हजार पुरस्कार पाउँदा उपबिजेता न्यू डायमण्डले ५० हजारमा चित्त बुझायो ।

तीज महोत्सबको अवसरमा ईन्द्रराज्य लक्ष्मी माविको भलिबल कोर्टमा हजारौं दर्शकमाझ शुक्रबार भएको फाइनलमा एपिएफले यसअघिको लगातार चारपटकको च्याम्पियन न्यू डायमण्डलाइ २५-१८, २५-८ र २५-१२ को सोझो सेटमा पराजित गर्‍यो ।

प्रतियोगिताको उपाधि एपिएफले जितेपनि दर्शकको समर्थन र सहानुभूति न्यू डायमण्डको पक्षमा थियो । दर्शकले हुटिङ गर्दै न्यू डायमण्डका खेलाडीलाई हौस्याएका थिए ।

प्रतियोगितामा एपिएफकी सरस्वती चौधरी सर्वोत्कृष्ट खेलाडी घोषित भइन् । त्यसैगरी उत्कृष्ट क्विकरमा एपिएफकी उसा विष्ट, उत्कृष्ट लिव्रोमा पुलिसकी कमला पुन, उत्कृष्ट स्पाइकरमा न्यू डाईमण्डकी प्रतिभा मालि, उत्कृष्ट ब्लकरमा पश्चिमाञ्चलकी पवित्रा विसी, उत्कृष्ट सेटरमा एपिएफकी विनिता बुढाथोकी चुनिए । उनीहरु सबैले पुरस्कारस्वरुप घडी पाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment