Comments Add Comment

एक्लोपनले कसरी ज्यान लिँदैछ ? पढ्नुहोस् रिपोर्ट


मानिस सामाजिक प्राणी हो, जसको समाजसँग अन्र्तक्रियात्मक सम्बन्ध हुन्छ । तर, अहिले धेरैजसो सामाजिक संजालमा झुन्डिएको देखिन्छ । उनीहरुमा यसको तल लागेको छ । यसै विषयमा भएको एक व्यापक समीक्षाले के निष्कर्ष निकालेको छ भने, विश्वमा लाखौ एक्लोपनको समस्यासँग जुधिरहेका छन् । यसले विस्तारै विस्तारै महामारीको रुप लिँदैछ । अमेरिकामा ४५ बर्षभन्दा बढी उमेरका लाखौं व्यक्ति एक्लोपनको समस्याबाट जुधिरहेका छन् ।

छिमेकी भारतमा आइटीका विद्यार्थीको एक समूहले शेयरिङ दर्द डटकम नामक इमोशनल नेटवर्किङ साइट बनाएका छन् । त्यस साइटमा एक दिनमा ४६ हजार पटक ‘आइ एम लोनली’ अर्थात म एक्लो छु भन्ने वाक्य सर्च गरिएको बताइन्छ ।

इन्डिया टुडेको एक रिपोर्टमा समाजिक मनोविज्ञले भनेका छन्, ‘मानिसहरु काम, सूचना, मनोरञ्जन, टेक्नोलोजीमा अल्भिmएर आफ्नो घर, सम्बन्ध, समाज र जिम्मेवारीबाट टाढा हुँदैछन् ।’

उनले भनेका छन्, विगतमा संयुक्त परिवार र इष्टमित्रसँग भावनात्मक रुपले जोडिएका हुन्थे । अहिले शहरमा भीड त बढेको छ, तर मानिसहरु एक्लिदै गएका छन् । सम्बन्ध विच्छेदको क्रम बढेको छ । धेरैजसोले बच्चा एकदमै कम जन्माएका छन् । काम र शिक्षाले हामीलाई हाम्रो समाज र परिवारबाट विमुख गराउँदैछ ।

न्युज एजेन्सी पीटीआईमा दिएको एक बयानमा अमेरिकाका बि्रघम योंग युनिभर्सिटीका प्राध्यापक ज्रलियन होल्ट लुसटाड भन्छन्, ‘सामाजिक रुपले जोडिनु व्यक्तिको मूलभूत आवश्यक्ता हो । यो व्यक्तिको हित र उसलाई जिउँदो राख्न दुबैका लागि महत्वपूर्ण हुन्छ ।’

होल्ट लुनस्टैड भन्छन्, ‘कति गंभिर कुरा पनि देखिएको छ । जुन व्यक्तिसँग आफ्नो बच्चाको हेरचाह गर्ने समय छैन, ति बच्चाको समुचित विकास हुन पाएको छैन । त्यस्ता बच्चाहरुको मृत्यु समेत हुने गरेका छन् ।’ उनले भनेको छन्, यो वास्तवमा समाजबाट अलग्गिनु वा एक्लोपनको सजाय हो । अमेरिकामा यस्तो व्यक्तिको संख्या तिब्र रुपमा बढ्दैछ ।

डिप्रेसन जस्तै एक्लोपनले पनि हाम्रो स्ट्रेस हर्मोन प्रभावित गरेको छ र हाम्रो व्यवहारमा समेत त्यो देखिएको छ । यतिसम्म कि, मानिसले यहि कारणले आत्माहत्या गरिरहेका छन् ।

समाजबाट विमुख एवं एक्लोपनको कारण समयभन्दा पहिला मृत्यु हुने खतरा पनि बढेको छ । पहिलो रिसर्चमा १ सय ४८ अध्ययन सामेल छ । त्यसमा तीन लाख बढीले सहभागिता जनाएका थिए । यसमा के पाइयो भने, जो समाजसँग जोडिएका छन् उनीहरुमा समयभन्दा अघि मृत्युको खतरा ५० प्रतिशत कम पाइयो ।

दोस्रो रिसर्चमा ७० वटा अध्ययन गरिएको थियो । त्यसमा के पाइयो भने उत्तर अमेरिका, यूरोप, एसिया र अष्ट्रेलियामा ३ दशमलव ४ मिलियन बढी मानिस एक्लो छन् । उनीहरु सामाजिक जीवनबाट विमुख र एक्लोपनको शिकार छन् र उनीहरुको मृत्यु दर बढी पाइयो ।

अमेरिकन साइकोलोजिक एसोसिएशनको एक सय २५ औं वाषिर्क सम्मेलनमा प्रस्तुत गरिएको यो आफैमा एक ठूलो अध्ययन हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment