Comments Add Comment

प्रधानमन्त्रीको अभिव्यक्तिप्रति प्रचण्ड पनि असन्तुष्ट

प्रदेश नं. ६ को प्रशिक्षण वीरेन्द्रनगरमा सुरू

९ भदौ, सुर्खेत । सत्ता साझेदार नेकपा माअोवादी केन्द्का अध्यक्ष प्रचण्ड भारत भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले दिल्लीमा अायोजित संयुक्त पत्रकार सम्मेलनमा दिएको अभिव्यक्तिप्रति असन्तुष्ट देखिएका छन् ।

संविधान संशोधन विधेयक निर्णयार्थ पेश भइसकेकाले तत्काल संविधान संशोधनको प्रस्ताव नलगिने अध्यक्ष प्रचण्डले बताए ।

देउवाको चुनावपछि संविधान संशोधनको प्रस्ताव लगिने भन्ने भनाइप्रति ईङ्गित गर्दै प्रचण्डले भने, ‘भर्खरै संविधान संशोधन विधेयक संसदबाट फेल भएको छ । अब तत्काल संविधान संशोधन हुँदैन । संविधान संशोधन नेपालको आन्तरिक विषय हो । यसबारे अरु कसैसँग कुरा गर्न आवश्यक पनि छैन ।’

पार्टीको प्रदेश नं. ६ को प्रशिक्षण कार्यक्रममा सुर्खेत आएका अध्यक्ष प्रचण्डले पत्रकारहरुसँगको भेटमा नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले माओवादी केन्द्रले अब हार्ने ठाउँ नभएको बताएका छन् ।

अध्यक्ष प्रचण्डले हार्नुपर्ने जति हारिसकेको भन्दै अब माओवादी केन्द्रले नहार्ने जिकीर गरे । ‘जति हारियो, हारियो, अब माओवादी यहाँभन्दा तल जाने ठाउँ छैन,’ पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले भने,’माओवादी एकता र ध्रुवीकरणको प्रक्रियामा छ । हेर्दै जानुहोला, अब माओवादीले जित्दै जान्छ ।’

प्रचण्डले जनताबाट प्रत्यक्ष निर्वाचत कार्यकारी राष्ट्रपतिते मात्र देशमा राजनीतिक स्थीरता दिने दावी गरेका छन् ।

संविधान संशोधन विधेयक निर्णयार्थ पेश भइसकेकाले तत्काल संविधान संशोधनको प्रस्ताव नलगिने अध्यक्ष प्रचण्डले बताए ।

भारत भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले चुनावपछि संविधान संशोधनको प्रस्ताव लगिने भन्ने भनाइप्रति ईङ्गति गर्दै प्रचण्डले भने,’भर्खरै संविधान संशोधन विधेयक संसदबाट फेल भएको छ । अब तत्काल संविधान संशोधन हुँदैन । संविधान संशोधन नेपालको आन्तरिक विषय हो । यसबारे अरु कसैसँग कुरा गर्न आवश्यक पनि छैन ।’

प्रदेश नं. ६ को प्रशिक्षण सुरु

माओवादी केन्द्र प्रदेश नम्वर ६ को प्रशिक्षण कार्यक्रम सुर्खेतको वीरेन्द्रनगरमा सुरु भएको छ ।

प्रशिक्षणमा पार्टीका राष्ट्रिय महाधिवेशन आयोजक समितिमा करिब ५०० सदस्य सहभागी भएका छन् ।

प्रशिक्षणमा अध्यक्ष प्रचण्ड, नेताहरु नारायणकाजी श्रेष्ठ, रामबहादुर थापा बादल, शक्ति बस्नेत, मायाप्रसाद शर्मा, टेकबहादुर बस्नेत, कालिबहादुर मल्ल, महेश्वर गहतराज लगायत सहभागी छन् ।

प्रशिक्षण कार्यक्रममा प्रदेश नं. ६ का जिल्ला इन्चार्जहरुले राजनीतिक र संगठनात्मक रिपोर्ट पेस गर्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment