Comments Add Comment

डडेल्धुराका ग्रामीण वस्तीमा अझै पुगेन विद्युत

भदौ ९,डडेल्धुरा । देउवाको गुह जिल्ला डडेल्धुराको अजयमेरु गाउँपालिका वडा नं ४ का विभिन्न वस्तीहरुमा अझैँ पनि विद्युत् सेवा पुग्न सकेको छैन ।

अजयमेरु गाउँपालिका वडा नं ४ का टिमलटुका, पकिन्ना, दल्याडी, ग्वान्नी, विजुल, चौचला लगायतका बस्तीहरुमा विजुली नपुगेको हो ।

साँझ पर्नासाथ वरपरका गाउँहरु झिलिमिली हुन्छन् तर यी वस्तीहरु जनता भने टुकीको धिपधिपमा चित्त बुझाउँदै आएका छन् ।

डडेल्धुराको सदरमुकाम अमरगढीबाट उत्तर-पश्चिममा पर्ने पकिन्ना, चौमला, अनारखोली ग्वान्नी लगायतका गाउँमा दिनभरि खेतबारीमा चहलपहल भए पनि सूर्यास्तसँगै त्यस क्षेत्र सुनसान बन्ने गरेको छ ।

‘रातभरी सबै गाउँहरुमा बिजुली बलेको देखिन्छ, झ्यालबाट हेर्दा जताततै उज्यालो देखिन्छ । तर, आफूहरु भने टुकीको साहारामा बस्नुपर्छ,’ ग्वान्नीका स्थानीय मोहन अवस्थीले भने ।

उनले विद्युत बिस्तार नभएकै कारण गाउँमा पठनपाठनमा समस्या हुनुका साथै कुटानी पिसानीको लागि ४ घण्टा टाढा जानुपर्ने बाध्यता रहेको बताए ।

यो वर्ष विद्युतिकरणका लागि ठेक्का भइसकेको नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र डडेल्धुराले जनाएका छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment