Comments Add Comment

फिटनेस फर्मुलाः यसरी राखौ शरीरलाई फिट एन्ड फाइन


शारीरिक व्यायामले शरीर फिट रहन्छ र स्वस्थ्य पनि । फिजिकल फिटनेसको लागि नियमित योग र व्यायाम जरुरी हुन्छ । व्यायामले मांसपेशी मजबुद हुन्छ र हृदय प्रणाली पनि ठीक हुन्छ । नियमित व्यायामले शरीरको प्रतिरक्षा प्रणाली बलियो  हुन्छ । हृदय रोग, टाइप -२ डाइविटिज, मोटोपनको समस्या पनि झेल्नु पर्दैन । व्यायामले मानसिक स्वस्थ्यमा पनि सुधार हुन्छ । तनावको स्तर कम हुन्छ ।

स्वंमलाई फिट राख्न, तौल नियन्त्रण गर्नका लागि केहि किसमको व्यायाम गर्न सकिन्छ । बिहान जगिङ र जिम गर्ने । सकेसम्म एरोबिक्स र डान्सिङ पनि गर्न सकिन्छ ।

फिट रहनका लागि एरोविक्स

शारीरिक रुपले फिट रहनका लागि योगासनका साथ केहि व्यायाम गर्न सकिन्छ । यसमध्येपनि एरोविक्स यस्तो व्यायाम हो, जसले फिट त राख्छ नै खुसी पनि । यसबाट एकतर्फ मनोरञ्जन हुन्छ भने अर्कोतिर शरीरको वोसो घट्छ । बिहानको समय एक घण्टा एरोबिक्स गर्नु उपयुक्त हुन्छ ।

स्ट्रेचिङ गरौ

स्ट्रेचिङबाट वर्कआउटको प्रारम्भ गर्नु एकदमै फाइदाजनक हुन्छ । यसले शरीरलाई लचिलो बनाउँछ । स्ट्रेचिङ गरेपछि व्यायाम गर्दा मांसपेशीमा अत्याधिक दवाव पर्दैन । किनभने स्ट्रेचिङले वार्मअप हुन्छ । यसका लागि सिधा उभिएर दुबै हात माथि उठाएर पछाडि दबाउने । फेरी अगाडि झुकेर खुट्टाको पञ्जा छुने गर्नुपर्छ । अब सामान्य मुद्रामा आउने । अब खुट्टालाई अलि फराकिलो बनाएर राख्ने । र दाहिने हातले देब्रे खुट्टा तथा देब्रे हातले दाहिने खुट्टा छुने ।

नियमित गरौ पुशअप

पुशअप गर्नेले छाती तथा फोक्सो बलियो हुन्छ । शरीरको आकार पनि राम्रो हुन्छ । ३० देखि ६० सेकेन्डसम्म पुशअप गरौ । पुशअप गरेको बेला आफ्नो क्षमतालाई पनि ध्यानमा राख्नुपर्छ ।

पोस्ट एक्सरसाइज

नामबाटै थाहा हुन्छ कि, व्यायाम पछि गरिने सामान्य व्यायाम हो यो । खासगरी दौडने र साइक्लिङ गर्नेले पोस्ट एक्सरसाइज गर्नैपर्छ । व्यायामपछि केहि मिनेट पोस्ट एक्सरसाइज गर्नुपर्छ, शरीर लचिलो हुन्छ ।

सावधानी

कुनैपनि व्यायाम गर्नुअघि विज्ञसँग परामर्श गर्नैपर्छ । कुन अवस्थामा कस्तो व्यायाम गर्ने, कतिसमय गर्ने, व्यायामअघि र पछि के गर्ने जस्ता विषयमा भने जानकारी लिनैपर्छ ।

बिहान कसरी दौडने ?

बिहान-बिहान दौडनु अन्य व्यायम गरे बराबर हुन्छ । कतिपय अवस्थामा त दौडनु वा छिटो छिटो हिड्नु नै सर्बोत्तम हुन्छ । खासगरी दीर्घ रोगीहरु, जसले कडा व्यायम गर्न हुँदैन उनीहरु दौडनु पर्छ । तर दौडने पनि तरिका हुन्छ । कसरी दौडदा बढी लाभदायक हुन्छ त ?

– बिहान उठेर मन तातो पानी पिउने । शौच क्रिया सकेपछि मात्र दौडनका लागि तयार हुनुपर्छ ।

– दौडनुअघि शरीरलाई दाँया-वाँया मर्काउने, हात खुट्टा चलाउने जस्ता गतिबिधी गरौं ।

– दौडको प्रारम्भ धिमा गतिमा गर्नुपर्छ । बिस्तारै र हल्कासँग दौडने अभ्यास गरौं ।

– अरुको देखासेखीमा छिटो दौडने प्रयास नगरौं ।

– सुरुको पाँच मिनेट धिमा गतिमा र बाँकी पाँच मिनेट तिब्र गतिमा दौडने अभ्यास गर्नुपर्छ ।

– दौडने क्रममा आफ्नो श्वासप्रश्वासलाई पनि नियन्त्रणमा राख्ने अभ्यास गर्नुपर्छ । तर, यो सुरुवाती दिनहरुमा गर्न सकिदैन, बिस्तारै अभ्यास गर्दै जाने हो ।

– दौडने क्रममा लामो सास लिने, एक सेकेन्ड रोक्ने र छाड्ने । यो क्रम केहि समय दोहोर्‍याउन सकिन्छ ।

– दौड्ने क्रममा आफ्नो पैतलाको चाल सुन्नुहोस् । यदि त्यो आवाज सुनिन्छ भने तपाई जोड-जोडले दौडनु भएको बुझिन्छ, आफ्नो खुट्टाको प्रयोग कोमलतासँग गर्नुहोस् ।

– दौडनका लागि एकदमै सजिलो जुत्ता लगाउनुपर्छ । पहिरन हल्का र खुला हुनुपर्छ ।

– दौडनु सुरु गरेको हरेक दश मिनेटमा थोरै पानी पिउने ।

– २०, ३० मिनेट दौडिएपछि केहि प्रोटिनयुक्त खानेकुरा सेवन गरौं ।

– दश-पन्ध्र मिनेट दौडिएपछि जगिङ सुरु गर्न सकिन्छ ।

– आफ्नो दौडलाइए थप प्रभावकारी बनाउन स्ट्रेन्थ ट्रेनिङ गर्न सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment