११ भदौ, काठमाडौं । घनश्याम कँडेलको ‘धृतराष्ट्र’ काव्यले मदन पुरस्कार-२०७३ पाउने भएको छ ।
२०७३ मा प्रकाशित भएका मध्ये गुठीमा प्राप्त १९५ पुस्तकबाट कँडेलको ‘धृतराष्ट्र’लाई मदन पुरस्कारका प्रदान गर्ने निर्णय मदन पुरस्कार गठीको बैठकले गरेको हो ।
मदन पुरस्कार-२०७३ का लागि गुहा, गुहालेख, गुहाचित्र एवं अन्य सम्पदा, छाउघर, तपन, दोहानको सीधा उडान, धृतराष्ट्र, प्रतिनायक, म स्त्री अर्थात आइमाई, शुक्रराज शास्त्रीको चस्मा तथा सगरमाथाको गहिराइलाई उत्कृष्ठ ९ पुस्तकका रुपमा छनौट गरिएको थियो ।
यस्तै जगदम्बा-श्री पुरस्कार दुर्गा बराल वात्सायनलाई प्रदान गर्ने निर्णय गुठीले गरेको छ ।
गुठीको बैठकले समसामयिक विषय र विसंगतिहरुलाई कार्टुन चित्रमा छोटो र प्रभावकारी भाषिक अभिव्यक्तिको प्रयोग गरी समाचाजमा सचेतना जगाउँदै निरन्तर भाषाको सेवा गरिरहेको भन्दै वात्सायनलाई जगदम्बा-श्री प्रदान गर्ने निर्णय गरेको हो ।
यी दुवै पुरस्कारको राशी २/२ लाख रहेको छ ।
प्रतिक्रिया 4