Comments Add Comment

दैलेखमा ७ हजार ९०० नयाँ मतदाता

११ भदौ, दैलेख । जिल्लामा ७ हजार ९३१ नयाँ मतदाता थपिएका छन् ।

स्थानीय तह निर्वाचन पछि भएको फोटोसहितको मतदाता नामावली संकलनमा ७ हजार ९३१ नयाँ मतदाता थपिएका हुन् ।

गत भदौ ३ गते सम्म संकलन गरिएको फोटो सहितको मतदाता नामावली संकलनमा नयाँ थपिएका मध्ये ३ हजार ८२९ महिला र ४ हजार ४२ पुरुष रहेको जिल्ला निवार्चन कार्यालय दैलेखका निर्वाचन अधिकृत भक्तबहादुर कार्कीले जानकारी दिए ।

जिल्ला निर्वाचन कार्यालय दैलेख र दैलेखका ११ वटै स्थानीय तहमा मतदाता नामावली दर्ता गर्ने व्यवस्था मिलाएको थियो ।

नयाँ मतदाता थपिएका मध्ये सबैभन्दा बढी जिल्ला निर्वाचन कार्यालयमा दर्ता भएको जिल्ला निर्वाचन कार्यालय दैलेखका सूचना अधिकारी राजेन्ऽ पौडेलले बताए ।

करिब ३५ दिनको अवधिमा नामावली संकलनमा छुटेकाले दर्ता गर्न पाउने व्यवस्थाले स्थानीय खुसी भएका थिए । जिल्ला निर्वाचन कार्यालयमा १ हजार ५ सय ६८ ले नयाँ नाम दर्ता गराएका छन् ।

जिल्लामा सबैभन्दा बढी चामुन्डाविन्ऽासौनी नगरपालिकामा १ हजार ३६५ र दुल्लु नगपालिकामा १ हजार १९८ ले नामावली थप गराएका हुन् ।

त्यस्तै नौमुले गाउँपालिकामा २६५ र भगवतीमाई गाउँपालिकामा ३४३, गुराँस गाउँपालिकामा ४१३ र महाबु गाउँपालिकामा ३३५ ले नाम दर्ता गराएका छन् ।

यसैगरी डुङ्गेश्वर गाउँपालिकामा २८९ र आठबीस नगरपालिका ८८३ नयाँ मतदाता थपिएको निर्वाचन कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment