Comments Add Comment

माओवादी केन्द्रको हेडक्वाटर बिघटन

उच्च संरचना अब सचिवालयः प्रवक्ता भुसाल

११ भदौ, काठमाडौं । नेकपा माओवादी केन्द्रले केन्द्रीय कार्यालय (हेडक्वाटर) बिघटन गरेको छ । माओवादी केन्द्रको उच्च संरचना अब सचिवालय हुने छ ।

पार्टी प्रवक्ता पम्फा भुसालले अनलाइनखबरसँग भनिन्, ‘आज बसेको केन्द्रीय कार्यालय बैठकले केन्द्रीय कार्यालय बिघटन गरेको छ । माओवादी केन्द्रको उच्च संरचना अब सचिवालय हुने भएको छ ।’

पार्टी अध्यक्ष प्रचण्ड पश्चिम नेपालको भ्रमण गरी आइतबार काठमाडौं फर्किएलगत्तै हेडक्वाटर बैठक बसेको थियो । सोही बैठकले ३५ सदस्यीय हेडक्वाटर बिघटन गर्ने निर्णय गरेको हो ।

प्रवक्ता भुसालका अनुसार ९९ सदस्यीय केन्द्रीय सचिवालयलाई कार्यकारी निकाय बनाइएको छ । पार्टीले दुई अंकको केन्द्रीय समिति बनाउने निर्णय गरे अनुसार हेडक्वार्टरलाई विघटन गरेर सचिवालयलाई कार्यकारी निकाय बनाइएको हो । माओवादी केन्द्रीय समिति ४ हजार सदस्यीय थियो ।

पार्टीका कमिटीहरु भद्दा भएकाले दुई अंकमा झार्न कार्यकर्ताहरुले नेतृत्वलाई दबाव दिँदै आएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment