Comments Add Comment

मधेसमा माओवादी केन्द्रप्रति लहरः प्रचण्ड

१२ भदौ, विराटनगर । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले मधेसमा माओवादी केन्द्रप्रति लहर आएको दावी गरेका छन् ।

प्रदेश नं. नम्वर १ को पार्टी प्रशिक्षणमा बोल्दै सोमबार अध्यक्ष प्रचण्डले माओवादी मात्र मधेसको भित्र भएको बताएका हुन् ।

‘मधेशमा माओवादी केन्ऽप्रति लहर आएको छ, ११ वर्षपछि मधेशमा जागरण आएको छ,’ अध्यक्ष प्रचण्डले भने, ‘११ वर्षअघि गौर हत्याकाण्ड घटाएर मधेशमा माओवादीलाई संघीयता विरोधी भ्रामक प्रचार गरे । अहिले परिस्थिति बदलिएको छ, मधेशको मित्र, देशलाई एकतावद्ध गर्ने पार्टी माओवादी नै हो भन्ने स्थापित भएको छ ।’

पूर्व प्रधानमन्त्री समेत रहेका प्रचण्डले माओवादी कै कारण देशको एकता र समृद्धि सम्भव भएको बताए ।

आफ्नो १० महिने प्रधानमन्त्रीकालमा देशलाई एकता बद्ध गर्दै हिमाल, पहाड र मधेसलाई जोड्न सफल भएको दावी गरे । ‘एकथरी मान्छेहरु माओवादीले बिगार्न र भत्काउन मात्र सिपालु छ भन्ने ठान्थे तर हामीले १० महिनामा त्यो भ्रमलाई पुरै गलत साबित गर्याै,’ प्रचण्डले भने, ‘हामीले देशलाई एकतावद्द गर्याैं, हिमाल, पहाड र मधेशलाई मिलायौं ।’

अध्यक्ष प्रचण्डले संविधान निर्माण, संविधान कार्यान्वयन, स्थानीय तह निर्माण र त्यसको निर्वाचन माओवादीले गरेको भन्दै आर्थिक समृद्धिको बाटो माओवादीले तयार गरिदिएका बताए ।

माओवादीले नै आर्थिक बृद्धिदर बढाएको भन्दै उनले मूल्यवृद्धि रोक्ने र लोडसेडिङ हटाएर माओवादीले देशलाई उज्यालो दिएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment