नेपाली चलचित्र क्षेत्रका चर्चित नायक राजेश हमालले सर्लाहीका बाढी र डुबानबाट प्रभावित जनतालाइ राहत वितरण गरेका छन् । सर्लाहीको सकरौल, शिवनगर, विनगर्राका प्रभावितलाइ उनले राहत वितरण गरेका हुन् । यो स्थानका जनताले राहत नपाएको खबर मिडियामा आएपछि हमाल राहत लिएर तराइ पुगेका हुन् ।
सर्लाहीका बाढी प्रभावितहरु राजेश हमालको हातबाट राहत पाउँदा खुशी देखिएका थिए । हमालले करिब १ सय ५० घर परिवारलाइ राहत वितरण गरेका थिए । उनले, हरेक परिवारलाइ २० केजी चामल, ५ किलो दाल, १ लिटर तेल, चाउचाउ र वृद्धाहरुका लागि ओड्ने कपडा वितरण गरेका थिए ।
हमालसँग स्थानिय वृद्धाहरुले सुरक्षा भत्ता नपाएको गुनासो पनि गरेका थिए । हमालले सामाजिक सुरक्षा भत्ताका लागि आफूले पहल गर्ने आश्वासन समेत दिएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4