Comments Add Comment

सर्लाहीका बाढी पीडितलाई बेलायतवासी नेपालीको सहयोग

१३ भदौ, सर्लाही । सर्लाहीका बाढी पीडितलाई बेलायतमा कृयाशील सामाजिक संस्था धादिङ-नुवाकोट समाज यूकेले लण्डनमा संकलन गरेको रकमबाट राहत तिवरण गरिएको छ ।

संस्थाका अध्यक्ष सीबी तामाङका अनुसार उपाध्यक्ष इन्जिनियर देब तामाङको नेतृत्वमा गायक बिरु लामा तथा समाजसेवी जगतबहादुर तामाङको टोलीले सर्लाही हरकटुवा गाउँपालीकाका १०० घर परिवालाई राहत वितरण गरेको छ ।

त्यस्तै हरीवन मोहनपुर मा ४६ घर तथा लालबन्दीमा ७९ घर धुरीको प्रत्येक परिवारको लागी म्याट्रेस, ३० केजी चामल, ३ केजी चिनी, ५ लिटर तेल, चियापत्ती, ब्रस -टुथपेष्ट तथा झुल बितरण गरेको समाजले जनाएको छ ।

स्थानीय सामाजिक अभियन्ता तथा बाल चेतना नेपालका अध्यक्ष सुरेन्ऽ लामा तथा अनेरास्ववियुकी सचिव आरती लामाको संयोजनमा नेपाली सेना, नेपाल प्रहरी तथा स्थानीय प्रसाशनको समेत सहभागीमा सो कार्यक्रम सम्पन्न भएको संस्थाका महासचिब धन पाखि्रनले जानकारी दिए ।

१५ लाख रुपैयाँ बराबरको अत्यावश्यक राहत सामाग्री वितरण गरिएको संस्थाले जनाएको छ । दोश्रो चरणको राहत बिरणको लागि केही रकम नेप्लिज लेडिज लण्डन बोरो अफ हन्स्लोकी देवीरानी गुरुङको संयोजनमा तीज कार्यक्रमबाट समेत संकलन गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment