Comments Add Comment

तीन महिनामै भत्कियो सेनाले बनाएको ताल

१४ भदौ, काठमाडौं । तीन करोड ६६ लाख रुपैयाँमा तीन महिनाअघि नेपाली सेनाले संरक्षण र विकासम्बन्धी काम गरेको चिमडीको ‘बर्जु’ ताल भत्किएको छ । सेनाले करिब साढे १८ करोड रुपैयाँमा निर्माण गरेका ११ वटामध्येको यो एउटा ताल हो ।

तत्कालीन वनमन्त्री शंकर भण्डारीले वैशाख १७ गते सेनाकै हेलिकोप्टरमा गएर यसको उदघाटन गरेका थिए ।

सेनाले विगत वर्षमा राष्ट्रपति चुरे–तराई मधेस संरक्षण विकास समितिको १८ करोड ५० लाख रुपैयाँमा ११ वटा तालको संरक्षण र विकासका काम गरेको छ । भूमाफियाले दर्ता गर्न खोजेका यस्ता पुराना ताल र सिमसार क्षेत्रको संरक्षण गरिएको हो । यीमध्ये केही तालमा राम्रो काम भए तापनि केहीमा कमजोर काम भएको नागरिक दैनिकले लेखेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment