Comments Add Comment

जब अम्बानीको पार्टीमा साहरुख जुत्ताविहिन भए…


कुनै पार्टीमा सहभागी हुँदा बलिउडका चर्चित नायक सााहरुख खानले जुत्ता लगाउनै बिर्से भन्दा दर्शकलाई कस्तो लाग्दो हो । उनका फ्यानहरुले विश्वास नगर्न पनि सक्छन् । तर, रुपमा यही भएको हो । व्यवसायी मुकेश अम्बानीको पार्टीमा सहभागी साहरुख रियल लाइफमा पनि जुत्ता हराएपछि तनावमा आए ।

व्यापारी मुकेश अम्बानीले आफ्नै घरमा गणेश उत्सव आयोजना गरेका थिए । कार्यक्रममा साहरुख लगायत अन्य थुप्रै सेलीब्रेटी सहभागी थिए । कार्यक्रममा पुग्ने बित्तिकै साहरुखले जुत्ता खोलेर गणेश भगवानको दर्शन गरे र त्यसपछि जुत्ता नलगाई निस्किए । कार्यक्रममा सहभागीहरुसँग भेटघाट गर्दा साहरुखले आफ्नो खुट्टामा जुत्ता नभएको ख्यालै गरेनन् । जब पार्टी सकियो अनि मात्रै उनले आफू खाली खुट्टा रहेको थाहा पाए ।

खुट्टामा जुत्ता नभएको थाह पाएपछि साहरुख दौडिएर आफ्नो कारतिर लागेका थिए । उनले जुत्ता कहाँ खोलेको छु भन्ने समेत बिर्सिए । जुत्ताको खोजीकै लागि केही ब्यक्ति जुट्नुपर्‍यो । अन्तिममा अम्बानीका छोरा आकाश अम्बानीले साहरुखको जुत्ता खोजेर ल्याइदिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment