१४ भदौ, काठमाडौ । पछिल्लो एक महिनामा कान्ति बाल अस्पतालमा रुघाखोकीका विरामीको संख्या उच्च देखिएको छ ।
कान्तिमा हाल रुघाखोकीका मात्रै दैनिक ४०० देखि ५०० को हाराहारीमा रुघाखोकीका विरामी आउने गरेका छन् ।
काठमाडौंमा मौसमी रुघाखोकीको समस्या बढेसँगै सर्वसाधारण नागरिक स्वाइन फ्लूको भएको शंकामा अस्पताल आउने गरेको कान्ति बाल अस्पतालका निर्देशक डा. गणेश राईले बताए ।
‘पछिल्लो समय कान्ति बाल अस्पतालमा रुघाखोकीका विरामीको चाप बढेको छ । यो रुघाखोकी सामान्य हो । जबकी मानिसहरुले यसलाई नबुझेर स्वाइन फ्लू भयो कि भन्ने आशंकामा अस्पताल आउने गरेका छन्’ ।
कान्ति बाल अस्पतालमा दैनिक ८/९ सयको हाराहारीमा विरामी आउने गरेकोमा त्यसमध्ये ५० प्रतिशत मौसमी रुघाखोकीका कारण अस्पताल आउने गरेको उनले वताए ।
‘त्यसमध्य केहीलाई स्वाइन फ्लू भएको पनि हुनसक्छ । तर धेरैजसो चाही सामान्य रुघाखोकी लागे पनि स्वाइन फ्लू भएको छ कि भनेर अस्पताल आउने गरेका छन् ‘ । उनले भने ।
कान्तिमा आउने मौसमी रुघाखोकी विरामी मध्ये पनि फेरेन्जाइटिस, ल्यारेन्जाइटिस लगायत माथिल्लो श्वासप्रस्वास प्रणालीको संक्रमणका विरामी धेरै भएको कान्ति बाल अस्पतालका वरिष्ठ बाल रोग विशेषज्ञ डा.कृष्ण प्रसाद पौडेल बताउँछन् ।
उनका अनुसार वर्ष सकिए लगत्तै आद्रता बढी हुने भएकोले पनि यस समयमा मौसमी रुघाखोकीका विरामी धेरै हुने गुरेका छन् ।
त्यसबाहेक, स्याङ्गजा, कास्की लगायतका ठाँउमा पनि स्वाइन फ्लू (एच्वानएनवान)को विरामी धेरै भएका कारण पनि कान्तिमा स्वाइन फ्लू नै भएको हो कि भन्ने आशंकामा मौसमी रुघाखोकीका विरामी धेरै आउने गरेका छन् ।
जबकी, मानिसबाट मानिसमा सर्ने मौसमी रुघाखोकी अर्थात स्वाइन फ्लू आफैमा कडा रोग नभएको उनको भनाइ छ ।
मौसमी रुघाखोकी अन्य इन्फ्लूएञ्जा झै सामान्य हो । मौसमी रुघाखोकी भाइरसका कारण मानिसबाट मानिसमा सर्ने गर्छ ।
यदी कसैलाई श्वासप्रस्वास सम्बन्धी समस्या भएमा, स्वास लिन गार्हो भएमा, उच्च ज्वरो आएमा , ३/४ दिनसम्म पनि ज्वरो नघटेमा तुरुन्त चिकित्सकका लैजानु पर्छ ।
विश्व स्वास्थ्य संगठनको मापदण्डमा उल्लेख भए अनुसार मौसमी रुघाखोकीको खोप छ भन्दा माथिको प्रत्येक मानिसहरुलाई लगाउन सुझाव दिइन्छ ।
विशेषगरी, मुटु सम्बन्धी रोग भएका, निमोनिया, मिर्गाैला सम्बन्धी समस्या भएका, रोग प्रतिरोधात्मक क्षमता कम भएका, बालबालिका, वृद्धवृद्धा लगायतलाई यो खोप वर्षमा एक पटक लगाउन सुझाव दिइन्छ ।
नेपालमा यो खोपको १२ सय रुपैया पर्दछ । मौसमी रुघाखोकीले प्रत्येक वर्ष आफ्नो प्रकृति परिर्वतन गर्ने हुदाँ यस खोपले सबै प्रकारका इन्फ्लुएञ्जाबाट भने समेट्दैन । साथै यो खोप सबैलाई लगाउनु अनिवार्य पनि छैन ।
विशेषगरी अण्डाको एलर्जी भएका मानिसलाई भने यो खोप नलगााउन चिकित्सकहरु सुझाव दिने गर्छन् ।
मौसमी रुघाखोकीका लक्षण
यदी बच्चालाई स्वासप्रस्वास सम्बन्धि समस्या भएमा, स्वास लिन गार्हो भएमा, उच्च ज्वरो आएमा , ३/४ दिनसम्म पनि ज्वरो नघटेमा तुरुन्त चिकित्सकका लैजानु पर्छ ।
मौसमी रुघाखोकीबाट बच्ने उपाय
भीडभाड भएको ठाउँमा नजान, संक्रमित व्यक्तिहरुको नजिक नजाने, मास्कको प्रयोग गर्ने, हात राम्ररी धुने, झौलिलो कुरा खाने, सानो बच्चालाई समय समयमा स्तनपान गराउने, पोषिलो खानेकुरा खाने ।