+
+
Shares

तुइन खोला नजिक ढुंगा खस्दा मुग्लिन–नारायणगढ सडक बन्द

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक १४ गते ९:२९

१४ कात्तिक, काठमाडौं । मुग्लिन–नारायणगढ सडक खण्डको तुइन खोला पुल नजिकै माथिबाट ढुंगा खस्दा सवारी आवागमन अवरुद्ध भएको छ ।

सडक डिभिजन कार्यालय चितवनका अनुसार ढुंगा खस्ने क्रम रोकिएको छैन । ढुंगाहरू झर्ने क्रम रोकिएपछि सडक खुलाउने कार्यालयले जनाएको छ ।

वर्षातको समयमा यस क्षेत्रमा पहिरोको उच्च जोखिम भएकाले सडकको अवस्था बुझेर मात्रै सुरक्षित यात्रा गर्न पनि कार्यालयले अनुरोध गरेको छ ।

मुग्लिन–नारायणगढ सडक खण्डको तुइन खोला नजिक यसअघि सुक्खा पहिरो जाँदा लगातार तीन दिनसम्म सवारी आवागमन बन्द भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?