Comments Add Comment

९ वर्षपछि अमिताभ र सलमान सँगै देखिने

एक जमानाका सुपरस्टार अमिताभ बच्चन हालका सुपरस्टार सलमान खानलाई लामो समयपछि पर्दामा सँगै देख्न सकिने भएको छ । उनीहरुले एक साथ अभिनय गर्न लागेको फिल्म हो, रेस ३ ।

यो फिल्मको निर्देशन कोरियोग्राफरबाट निर्देश कबनेका रेमो डिसूजाले गर्दैछन् । यो फिल्मको प्रमुख भूमिकामा सलमान पहिले नै फाइनल भइसकेका थिए भने हालै अमिताभलाई फाइनल गरिएको छ । फिल्मकी नायिकामा ज्याकलिन फर्नान्डिस रहेकी छिन् ।

यसभन्दा अगाडि अमिताभ र सलमानले फिल्म ‘गड तुस्सी ग्रेट हो’ मा सँगै अभिनय गरेका थिए । यो फिल्म आजभन्दा नौ वर्ष अगाडि बनेको थियो । त्यसअघि ‘बागवान’ र ‘बाबुल’ मा पनि उनीहरु सँगै देखिएका थिए ।

रेस सिरिजको आगामी फिल्म ‘रेस ३’ को सुटिङ अक्टोबरबाट सुरु हुनेछ । रेस र रेस २ को निर्देशन अब्बास मस्तानले गरेका थिए । यसपटक सलमान खानको रुचीअनुसार निर्देशक परिवर्तन गरिएको हो ।

फिल्मको प्रारम्भिक सुटिङ मुम्बईमा हुने छ भने बाँकी सुटिङ विभिन्न देशहरुमा गरिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment