१५ भदौ, सुर्खेत । निर्वाचन क्षेत्र निर्धारण आयोगको प्रतिवेद अनुसा ६ नम्बर प्रदेशमा प्रतिनिधिसभाको १२ र प्रदेश सभाको लागि २४ निर्वाचन क्षेत्र कायम गरिएको छ ।
भाैगोलिक रूपमा देशकै सबै भन्दा ठूलाे क्षेत्रफल रहेको यो प्रदेशमा प्रतिनिधि सभा र प्रदेश सभाको लागि निर्वाचन क्षेत्र भने सबैभन्दा कम निर्धारण गरिएको छ । यो स्थानी तह पनि सबैभन्दा कम भएको प्रदेश हो ।
प्रदेश नम्बर ६ मा परेका पश्चिम रुकुम, सल्यान, जाजरकोट, डोल्पा, जुम्ला, कालिकोट, मुगु र हुम्लामा एउटा मात्र निर्वाचन क्षेत्र रहेका छन् ।
यस्तै ६ नम्बर प्रदेशका सुर्खेत र दैलेखमा २/२ वटा निर्वाचन क्षेत्र कायम गरिएको छ । सुर्खेत र दैलेखमा प्रदेश सभाका लागि ४/४ निर्वाचन क्षेत्र वनाइएको छ ।
२ जिल्लामा विभाजित रुकुममा एक/एक क्षेत्र
दुवै जिल्लामा विभाजित भएको रुकुममा एक/एक वटा प्रतिनिधि सभाका लागि र २/२ वटा प्रदेश सभाका लागि निर्वाचन क्षेत्र निर्धारण गरिएको छ ।
५ नम्बर प्रदेशमा परेको पूर्वी रुकुममा रुकुममा ३ वटा गाउँपालिका पुथाउत्तरगंगा, भुमे र सिस्ने गाउँपालिका रहेका छन् ।
प्रदेश सभाको क्षेत्र नं. १ मा सिङ्गो पूथा उत्तरगंगा गाउँपालिका सहित भूमे गाउँपालिकाका १, २, ३, ६ र ७ नम्बर वडालाई समावेश गरिएको छ ।
१ नम्बर क्षेत्रमा प्रसिद्ध पूथा हिमालदेखि नेपालको एकमात्र शिकार आरक्ष ठोरपाटन शिकार आरक्षको केही भूभाग र लालपाटन लगायतका पाटन र केही हिमतालहरु पनि रहेका छन् ।
पूर्वी रुकुमको २ नम्बर क्षेत्रमा सिङ्गो सिस्ने गाउँपालिका सहित भूमे गाउँपालिकाका ४, ५, ८ र ९ नम्बर वडालाई समेटिएको छ ।
यो क्षेत्रमा सिस्ने हिमाल, कमल ताल रहेका छन् । यहाँ रुकुमकोट, नायगाड लगायतका वजार क्षेत्रहरु रहेका छन् ।
यता ६ नम्बर प्रदेशमा परेको नयाँ जिल्ला पश्चिम रुकुममा पनि प्रतिनिधि सभाका लागि १ र प्रदेश सभाका लागि २ निर्वाचन क्षेत्र कायम गरिएको छ ।
पश्चिम रकुमको प्रतिनिधिसभाको क्षेत्र नम्बर १ मा आठबीसकोट नगरपालिका र बाँफिकोट गाउँपालिका समावेश गरिएको छ । जिल्ला सदुुरमुकाम समेत रहेको मुसिकोट नगरपालिकाका १, २, ३, ४, ५, ६, ७, ८, ९, १० र ११ नम्बर वडा पनि क्षेत्र नम्बर १ मै परेको छ ।
यो क्षेत्रमा प्रसिद्ध स्यार्पुताल, डिग्रेसाइकुमारीको मन्दीर रहेको छ । यहाँ खलंगा, सोलावाङ्ग, आठवीसकोट, बाँफिकोट लगायतका बजार क्षेत्रहरु र सल्ले विमान स्थल पनि रहेको छ ।
पश्चिम रुकुमको क्षेत्र नम्बर २ मा चौरजहारी नगरपालिका, सानीभेरी गाउँपालिका र त्रिवेणी गाउँपालिका पूरै भाग समेटिएको छ ।
सदरमुकाम रहेको मुसिकोट नगरपालिकाका १२, १३ र १४ नम्बर वडाहरुलाई पनि क्षेत्र नम्बर २ मा नै राखिएको छ ।
यहाँ चौरजहारी, खोलगाउँ, सिम्ली, पेदी, वलिवाङ्ग, सिम्रुतु, खौला, झुलनेटालगायतका वजार क्षेत्रहरु रहेका छन् । यो क्षेत्रमा चौरजहारी विमान स्थल समेत रहेको छ ।
असन्तुष्टि र गुनासो
देशका ७ वटा प्रदेशमा सबै भन्दा ठूलो ६ नम्बर प्रदेशमा निर्वाचन क्षेत्र सबै भन्दा कम भएको भन्दै यस क्षेत्रमा असन्तुष्टि छाएको छ ।
यो प्रदेशलाई सौतेने व्यबहार गरेको भन्दै नागरिक अगुवाहरुले गुनाशो गरेका छन् । त्यती मात्र नभई प्रदेश निर्वाचन क्षेत्र निर्धारण गर्दा स्थानीय तहहरुलाई टुक्र्याइएको भन्दै ६ नम्बर प्रदेशमा असन्तुष्टिका स्वरहरु पनि सुनिएका छन् ।
सुर्खेतको वीरेन्द्रनगर नगरपालिकालाई प्रतिनिधि र प्रदेश सभा दुवैमा टुक्रयाइएपछि असन्तुष्टि बढेको छ ।
रुकुममा पनि समाजिक अगुवाहरुले एउटै स्थानीय तहका वडालाई विभाजन गरिएको भन्दै निर्वाचन क्षेत्र निर्धारण आयोगप्रति आक्रोश पोखेका छन् ।
प्रतिक्रिया 4