+
+
Shares

निर्वाचन क्षेत्र रणनीतिक सडकलाई झन्डै साढे ४ अर्ब बजेट

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका अनुसार यस आयोजना अन्तर्गतका योजनाले यस वर्ष ४ अर्ब ३४ करोड ६० लाख रुपैयाँ बजेट पाउने छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ ३० गते १७:२०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ मा निर्वाचन क्षेत्र रणनीतिक सडक योजनाका लागि झन्डै ४ अर्ब ३४ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ।
  • यस आयोजनाले २ हजार २ सय १० किलोमिटर सडक कालोपत्र गर्ने योजना रहेको छ र प्रधानमन्त्री केपी शर्मा ओलीको निर्वाचन क्षेत्र झापा–५ मा सबैभन्दा बढी ३ करोड रुपैयाँ विनियोजन भएको छ।
  • सरकारले स्रोत सुनिश्चितता बिना नै आयोजना सुरु गरेको र हरेक वर्ष थोरै बजेटले प्रभावकारी काम गर्न सकेको छैन।

भौतिक मन्त्रालयका अनुसार यस आयोजना अन्तर्गतका योजनाले यस वर्ष ४ अर्ब ३४ करोड ६० लाख रुपैयाँ बजेट पाउने छन् ।

३० जेठ, काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८२÷८३ मा निर्वाचन क्षेत्र रणनीतिक सडक अन्तर्गतका योजनालाई झन्डै साढे ४ अर्ब रुपैयाँ बजेट विनियोजन गरेको छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका अनुसार यस आयोजना अन्तर्गतका योजनाले यस वर्ष ४ अर्ब ३४ करोड ६० लाख रुपैयाँ बजेट पाउने छन् ।

सरकारले १ सय ६५ वटै निर्वाचन क्षेत्रमा यस्ता आयोजना सञ्चालन गरिरहेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले २०७७ सालमा निर्वाचन क्षेत्र रणनीतिक सडक शिलान्यास गरेका थिए ।

हरेक निर्वाचन क्षेत्रमा एक रणनीतिक सडक पुर्‍याउने लक्ष्यसहित सुरु गरिएको यो आयोजनालाई सरकारले स्रोत सुनिश्चितताविना नै सुरु गरेको थियो । सोहीकारण हरेक वर्ष आयोजनाले पाउने थोरै बजेटका कारण प्रभावकारी काम हुन सकेको छैन ।

यो आयोजना अन्तर्गतको सडकको कुल लम्बाइ २ हजार २ सय १० किलोमिटर हुन आउँछ । यो सडक कालोपत्र गर्ने योजना छ ।

प्रधानमन्त्री र अर्थमन्त्रीको निर्वाचन क्षेत्रमा कति ?

यस आयोजना अन्तर्गत प्रधानमन्त्री ओलीको निर्वाचन क्षेत्र झापा–५ मा सबैभन्दा धेरै ३ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ । झापा–१ मा २५ लाख, झापा–२ मा ३ करोड, झापा–३ मा २५ लाख र झापा–४ मा समेत २५ लाख विनियोजन गरिएको छ ।

उता, अर्थमन्त्री विष्णु पौडेलको निर्वाचन क्षेत्र रुपन्देही–२ मा समेत ३ करोड रुपैयाँ विनियोजन गरिएको छ । रुपन्देहीका सबै निर्वाचन क्षेत्रमा समान ३ करोड बजेट विनियोजन गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?