Comments Add Comment

अभिनयमा सलोन सधै माथि, तर हिरोको साथी


चलचित्र ‘होस्टेल’ चल्नुमा धेरै फ्याक्टरले काम गरेको छ । मुख्यतया, यसमा नायक अनमोल केसी थिए । अनमोल केसीको चकलेटी अनुहारले यूवतीहरुलाइ फ्यान बनायो ।

तर, अनमोलको अनुहार विकेपनि अर्का नायक सलोन बस्नेतको अभिनयले दर्शकको ध्यान तान्यो । सलोनको कमेडी शैलीले दर्शकलाइ हलबाट हलचल गर्न दिएन ।
गतबर्ष चलचित्र ‘गाजलु’ हिट भयो । चलचित्रमा मुख्य नायकको रुपमा थिए अनमोल केसी । अनमोल केसीको यो चलचित्रमा चकलेटी अनुहारकै चर्चा भयो । तर, अभिनयको क्रेडिट सबै सलोन बस्नेतले नै लगे । सलोनले यो चलचित्रबाट केही अवार्ड पनि जिते ।

दर्शकलाइ चलचित्रमा होल्ड गर्न सलोन माहिर छन् । सलोनलाइ दर्शकले चुलबुले कमेडी भूमिकामा रुचाउँछन् । बिहिबार बेलुकी चलचित्र ‘ए मेरो हजुर २’को पि्रमियर भयो । चलचित्रको मुख्य नायकको रुपमा छन्, सलिनमान बनियाँ ।

सलिनमानको चकलेटी अनुहारको फ्यान धेरै यूवती भएका छन् । चलचित्र चलेपछि अझै यूवतीहरु क्रेजी हुने पक्का छ । तर, पि्रमियरमा चलचित्र हेर्ने सबैले सलोनको उच्च प्रशंसा गरे । चलचित्रको सुरुवातदेखि अन्त्यसम्म सलोनले अधिकांश ठाउँमा होल्ड गरेका छन् । सायद, सलोन चिप्लिएको भए चलचित्र पनि चिप्लन सक्थ्यो । चलचित्र पावरफूल हुनुको पछाडि सलोनको अभिनय र संवादले काम गरेको छ ।

नायक सलोन बस्नेतको मुख्य भूमिका रहेको चलचित्र ‘आधा पेज’ केही समय अगाडि रिलिज भएको थियो । यो चलचित्रले पानी पनि भन्न सकेन । सलोन जस्ता कलाकार हुँदा पनि चलचित्र चलेन ।

निर्देशक शोभित बस्नेतले सलोनको लेबलको नबनेको भन्दै चलचित्र ‘झिल्के’ प्रदर्शन नै नगर्ने निर्णय गरे । नायक सलोन बस्नेत मुख्य भूमिकामा रहेको चलचित्र बक्स अफिसमा असफल भएको छ । तर, जब उनको साथमा कुनै नायक हुन्छन्, उनी चम्किएका छन् ।

अनमोल केसी हुन् या सलिनमान, दुबैमाथि सलोन नै हाबी देखिएका छन् । सलोन हिरो भन्दा हिरोको साथी भएर काम गर्दा चम्किएका छन् । सलोनमा दर्शकलाइ हलसम्म तान्न सक्ने स्टारडम देखिएको छैन । तर, हलसम्म आएका दर्शकले उनको कामको सधै नै तारिफ गरेका छन् । आखिर, सिंगल किन चल्दैनन् सलोन ? यो भने मुख्य प्रश्न बनेर उब्जेको छ ।

सलोन बस्नेतका पिता शोभित बस्नेतले अहिले चलचित्र ‘बाबु कान्छा’ बनाइरहेका छन् । यो चलचित्रमा सलोन मुख्य भूमिकामा छन् । ‘बाबु कान्छा’लाइ चलाउन सोलो सलोन चल्न आवश्यक छ ।

चलचित्रका नायकको साथी बनेर अभिनय गर्दा सधै नै तारिफ कमाउने सलोनले एकल रुपमा भने दर्शक हलसम्म तान्ने क्षमता ‘बाबु कान्छा’मा राख्लान् ? प्रतिक्षा गरौ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment