Comments Add Comment

रिलिज अगावै ‘कुटुमा कुटु’लाइ २ करोड दर्शक


पछिल्लो २ बर्षयता नेपाली चलचित्रका गीतले एकलौटी रुपमा बजारमा कब्जा जमाएका छन् । नेपाली चलचित्रका गीत अहिले युटुबमा १ करोड भन्दा बढी पटक हेरिनु सामान्य भैसकेको छ । नेपाली चलचित्रका गीतले चाडपर्वदेखि आम जनताका मोबाइलमा कब्जा जमाएका छन् ।

पछिल्ला केही महिनायता सबैभन्दा बढी घन्किएको गीत हो, ‘कुटुमा कुटु’ । भदौ २३ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘२ रुपैयाँ’मा समावेश ‘कुटुमा कुटु’ बोलको गीतले युटुबमा नयाँ रेकर्ड राखेको छ । चलचित्र रिलिज अगाडि नै यो चलचित्रको गीत युटुबमा २ करोड पटक हेरिएको छ । एक महिना अगाडि मात्र चलचित्रको निर्माणपक्षले १ करोड हेरिएको भन्दै सेलिव्रेशन आयोजना गरेको थियो । त्यसको केही समयमै यो चलचित्रले २ करोड दर्शक बटुलेको छ ।

राजनराज शिवाकोटीको शब्द, स्वर र संगीत रहेको यो गीत पछिल्लो समय लोकप्रिय गीतको रुपमा स्थापित छ । गीतमा मेलिना राइ र राजन इशानले पनि स्वर दिएका छन् । लोक शैलीको याे गीतमा निश्चल बस्नेत, स्वस्तीमा खड्का, आसिफ शाह, बुद्धि तामाङ लगायतले अभिनय गरेका छन् । गीत हिट भएपछि संगीतका सिवाकोटी भन्छन्-‘मान्छे जती नै आधुनिक भएपनि आफ्नोपनले पच्छ्याइरहन्छ ।’ उनले भने-‘नेपालीपन भेटिएको गीत संगीत र चलचित्रलाई दर्शकले मन पराउछन् ।’

नेपालमा युट्युब च्यालन सुरु भएपछि गीतलाई करोड क्बमा पुर्‍याउने श्रेय संगीतकार शिवाकोटीलाई जान्छ । पहिलो पटक चलचित्र ‘छक्का पञ्जा’को ‘सुर्के थैली खै’ बोलको गीत युट्युबमा करोड बढी दर्शकले हेरेका थिए भने राजनराजकै संगीत रहेको पूर्व पश्चिम रेल पनि करोड क्लबमा प्रवेश गरेको थियो ।

अहिले ‘सुर्के थैली’ २ करोड १६ लाख दर्शकले युट्युबमा हेरेका छन् भने पूर्व पश्चिम रेललाई पनि १ करोड ८२ लाख दर्शकले हेरिसकेका छन् । असिम शाहको निर्देशनमा तयार भएको यो चलचित्रमा निश्चल बस्नेत, आसिफ शाह, मेनुका प्रधान लगायतका कलाकारको मुख्य भूमिका छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment