Comments Add Comment

मृगौला प्रत्यारोपण : कसरी र कुन अवस्थामा गरिन्छ

यी कारणले हुन्छ मृगौला फेल


थाहा भएकै हो, शरीरमा दुई वटा मृगौला हुन्छ । एउटा मृगौलाको अनुपस्थितीमा अर्कोले त्यसको भरथेग गर्छ । तर, मृगौला खराब भएको कुरा त्यहीबेला मात्र थाहा हुन्छ, जब दुबै मृगौलामा समस्या पैदा हुन्छ ।

मृगौला, शरीरको अति महत्वपूर्ण अंग । यसले शरीरमा तरल पदार्थलाई सन्तुलित रुपमा प्रवाह गर्न सहयोग गर्छ । शरीरमा रहेको विषाक्त पदार्थ बाहिर निकाल्छ ।

किन हुन्छ मृगौला खराब ?

यसको जवाफ एउटा मात्र छैन । यो अनेक कारणले हुनसक्छ । यद्यपी धेरैजसो चाहि अस्वस्थ्य खानपान र जीवनशैली नै मृगौला खराब गर्ने कारण हुन् । त्यसबाहेक वंशानुगत रुपमा पनि कतिलाई यसले च्याप्न सक्छ । विषाक्त पदार्थको अधिक सेवन, पानीको अपर्याप्तता, असन्तुलित जीवनशैली, चिन्ता आदिले मृगौलामा सोझो असर गर्छ ।

कसरी जोगाउने ?

वास्तवमा मृगौलामा रोग लागेर त्यसको निदान खोज्नुभन्दा रोग लाग्नुपूर्व राम्रो हो । त्यसैले मृगौलामा समस्या नभएपनि त्यसप्रति सचेत हुनैपर्छ । मृगौलालाई स्वस्थ्य राख्न सन्तुलित, स्वस्थ्य जीवनशैली अपनाउनुपर्छ ।

मृगौलालाई स्वस्थ्य राख्न, स्वस्थ्य र सन्तुलित खानपान आवश्यक हुन्छ । नियमित व्यायाम एवं शारीरिक सक्रियता आवश्यक हुन्छ । पर्याप्त पानीको आवश्यक्ता हुन्छ । सुत्ने, उठ्ने, खाने नियमित तालिकाको आवश्यक हुन्छ । चिन्तारहित जीवन आवश्यक हुन्छ ।

औषधीको अधिक सेवन, धुमपान-मद्यपानको लत, नुनको अधिक सेवन, पिसाब च्याप्ने बानी, पानी नपिउने जस्ता आनीवानीले मृगौला रोग लाग्छ, जुन कुराबाट जोगिनुपर्छ । त्यस्तै उच्च रक्तचाप, मधुमेह जस्ता दीर्घरोगले पनि मृगौलालाई असर गर्छ । त्यसैले रक्तचाप र मधुमेह नियन्त्रण गर्नुपर्छ ।

कति योग क्रिया यस्ता हुन्छन्, जसले मृगौलालाई स्वस्थ्य राख्न सहयोग गर्छ । ध्यान-प्राणायम जस्ता विधीले पनि मृगौला स्वस्थ्य राख्न सकिन्छ ।

मृगौला खराब भएमा ?

यदि मृगौला खराब भएमा के गर्ने ? त्यसको समाधान हो चिकित्सकिय विधी । कृतिम रुपमा मृगौलाको कार्यसंचालन गराएर वा मृगौला प्रत्यारोपण गरेर यसको समस्याबाट पार पाउन सकिन्छ । तर, यो विधी झन्झटिलो र खर्चिलो हुन्छ । यद्यपी अन्तिम अवस्थामा यी दुई विधीको विकल्प पनि रहन्न ।

के हो डाइलोसिस


मृगौलाको कार्यक्षमता कमजोर भएपछि यो विधी अपनाइन्छ । मृगौलाले गर्ने काम यसले कृतिम ढंगले सम्पन्न गर्छ । यो एक किसिमको यान्त्रिक उपचार हो । डाइलसिसले मात्र नहुने अवस्थामा मृगौला प्रत्यारोपण एकमात्र र अन्तिम विकल्प रहन्छ ।

मृगौला प्रत्यारोपण ?

मृगौला प्रत्यारोपण एक शल्य प्रक्रिया हो, जो मृगौला काम नलाग्ने भएपछि गर्नुपर्छ । यसको केहि कानुनी र चिकित्सकिय प्रक्रिया छन् । उक्त प्रक्रिया पार गरेपछि अर्का स्वस्थ्य व्यक्तिको मृगौला निकालेर प्रत्यारोपण गरिन्छ ।

डाइलोसिस र प्रत्यारोपणमा के फरक ?

डाइलसिस प्रक्रिया अलि कठिन हुन्छ । उपचारका लागि डाइलसिस सेन्टरमै धाउनुपर्छ । त्यहाँ आफ्नो रगतलाई डाइलसिस मशीनको सहयोगले शुद्धिकरण गरिन्छ ।

मृगौला प्रत्यारोपाणले चाहि यो झन्झटबाट मुक्ती दिलाउँछ । र, यान्त्रमा निर्भर हुनुपर्ने वाध्यताबाट पार लगाउँछ । मृगौला पत्यारोपणपछि पुन सामान्य जीवनमा र्फकन सकिन्छ ।

कसरी हुन्छ मृगौला प्रत्यारोपण ?

कानुनी एवं चिकित्सकिय प्रक्रिया पुरा गरेपछि मृगौला प्रत्यारोपणका लागि तयार गरिन्छ । मृगौला दाताले दिएको मृगौला शल्यक्रियाबाट रोगीको शरीरमा प्रत्यारोपण गरिन्छ । यसरी प्रत्यारोपण गरिएको एउटा मृगौलाले पनि रोगीलाई पुन सामान्य जीवनमा फर्काउँन मद्दत गर्छ । मृगौला प्रत्यारोपणपछि शारीरिक स्वस्थ्यमा भने निकै सावधानी अपनाउनुपर्छ ।

यसको जोखिम के हो ?

यो मूख्य शल्यक्रिया हो, त्यसैले जोखिमरहित हुँदैन ।

१. एलर्जीको प्रतिक्रिया

२. रक्तश्राव

३. पिसाब नलीमा रोकावट

४. संक्रमणको भय

५. दान दिएको मृगौला असक्षम हुन सक्छ ।

६. मुटु र स्ट्रोकको संभावना रहन्छ ।

प्रत्यारोपणको गंभिर समस्या भनेको कतिपय अवस्थामा दान गरिएको मृगौलालाई रोगीको शरीरले स्विकार नगर्न सक्छ । तर, यस्तो संभावना एकदमै कम हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment