+
+

यो हो दुनियाकै पहिलो बियर स्विमिङ पुल

अनलाइनखबर अनलाइनखबर
२०७४ भदौ १९ गते ११:५२

चिसो मौसम सुरु हुनेवाला छ । चाडपर्वको बेला आउँदैछ । यस्तोमा यदि तपाईंले विदेश घुम्नजाने कुनै योजना बनाउँदै हुनुहुन्छ भने अष्ट्रियाको टिकट काट्न नभुल्नुहोला ।

युरोपेली देश अष्ट्रियाको टारेन्जमा एउटा अनौठो स्विमिङ पुल सञ्चालनमा आएको छ । यो विश्वकै पहिलो बियर भरिएको स्विमिङ पुल हो ।

रक्सी उत्पादक कम्पनी स्टार्कनबर्गरले एक पूरानो महलमा यस्ता सातवटा स्विमिङ पुल तयार गरेको छ । जो बियरले भरिभराउ छन् ।

हरेक स्व्मििङ पुलको लम्बाई झण्डै १३ फुट छ । स्विमिङ पुलको गहिराई यत्ति कायम गरिएको छ कि तपाई बसेर रिल्याक्स गर्न प्नि सक्नुहुन्छ र डुबुल्की मार्न पनि सक्नुहुन्छ ।

अष्ट्रियाको चिसो मौसमलाई ख्याल गर्दै स्विमिङ पुलमा तातो बियर हालिन्छ । साथै थोरै पानी पनि मिसाइन्छ ।

स्विमिङ पुलको बियर पानीजस्तै छिटो–छिटो बदल्ने कुरा भएन । त्यसैले स्विमिङ पुलमा पौडी खेलिरहँदा त्यहाँको बियर नपिउन सल्लाह दिइन्छ । बियर पिउने इच्छा छ भने अर्डर गरिहाल्नुहोला, तपाईंलाई चिसो बियर सर्भ गरिन्छ ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?