+
+
Shares

डीडीसीको हेटौंडा वितरण आयोजनाबाट १ करोड घोटाला

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ १४ गते १८:३८

१४ जेठ, काठमाडौं । आर्थिक वर्ष २०७९/८० मा दुग्ध विकास संस्थान (डीडीसी) हेटौंडा दुग्ध वितरण आयोजनाबाट १ करोड २० लाख रुपैयाँ बराबर घोटाला भएको छ ।

महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको ६१औं वार्षिक प्रतिवेदनले डीडीसीको उक्त भ्रष्टाचार औंल्याएको हो ।

प्रतिवेदन अनुसार दूध तथा दुग्ध पदार्थ बिक्रीबापत एक डिस्ट्रिब्युटरसँग लिनुपर्ने रकम बैंक दाखिला नहुँदा समेत बैंक दाखिला देखाइ नगद हिनामिना गरेको पाइएको हो ।

‘बैंकको विगत वर्षदेखिको हिसाब भिडान गर्दा १ करोड २० लाख घटी दाखिला गरिएको छ । सञ्चालक समितिको २०७८ चैत २८ को निणर्यबाट २०७९ वेशाख १९ मा निज डिस्ट्रिब्युटर विरूद्ध केन्द्रीय अनुसन्धान ब्युरोमा उक्त रकम र ब्याजसहितको क्षतिपूर्ति असुल गर्न जाहेरी दिइएकोमा जिल्ला अदालतमा विचाराधीन रहेको छ,’ प्रतिवेदनमा उल्लेख छ ।

प्रतिवेदन अनुसार डीडीसीले साल्ट ट्रेडिङ कर्पोरसन, नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र एक डेरी सप्लायर्सबाट चेकमार्फत ४५ लाख रुपैयाँ लिनुपर्ने हिसाबमा घटाइ समायोजन गर्नुपर्नेमा बिक्री शाखामा कार्यरत कर्मचारीसँग लिनुपर्ने नगद हिसाबमा मिलान गरेको भन्दै महालेखाले सम्बन्धित कर्मचारीबाट उक्त रकम ब्याजसमेत असुल गर्नुपर्ने सुझाव दिएको छ ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?