+
+
Shares

मधेश, पहाड र हिमाललाई विभाजित गर्ने षडयन्त्र परास्त गर्याै: प्रचण्ड

अनलाइनखबर अनलाइनखबर
२०७४ भदौ १९ गते १९:२१
फाइल तस्वीर

१९ भदौ, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले स्थानीय तह निर्वाचन अघि नै सिंगो मधेश माओवादीमय हुने दावी गरेका छन् ।

प्रचण्डले केही दिन भित्रै २० औं हजारको संख्यामा राष्ट्रिय जनता पार्टीका नेता, कार्यकर्ता आफ्नो पार्टीमा प्रवेश गराउने तयारी भइरहेको दावी समेत गरे ।

सोमबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा राष्ट्रिय जनता पार्टी, नेपालका नेता, कार्यकर्तालाई पार्टीमा प्रवेश गराउँदै उनले सच्चा राष्ट्रवादको पक्षमा उभिएकै कारण विगत एक वर्षयता मधेशमा पार्टीको पक्षमा जनलहरनै सृजना भएको बताए ।

अध्यक्ष दाहालले आफू र आफू नेतृत्वको सरकारले मधेश, पहाड र हिमाललाई विभाजित गर्ने षडयन्त्रलाई परास्त गरेकै कारण मधेशमा पार्टी प्रवेश गर्नेहरुको लहरनै चल्न सफल भएको तर्क पनि गरे ।

अध्यक्ष दाहालले आफू नेतृत्वले सरकारले मधेशको मागलाई सम्बोधन गर्न सक्दो प्रयास गरेको पनि स्मरण गराए ।

उनले मधेशका जनताको मागलाई सम्बोधन गर्न लागि परेकै कारण आफूले पहाडे विरोधिको आरोप खेप्नु परेको गुनासो पनि गरे ।

कार्यक्रममा राष्ट्रिय जनता पार्टी, नेपालका केन्द्रीय सदस्य एवम् पूर्व सांसद शिवपुजन रायसहितका आधा दर्जन नेता कार्यकर्ता माओवादी प्रवेश गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?