Comments Add Comment

बाढी पीडितलाई सिटिजन्स बैंकको थप ५ लाख सहयोग


२० भदौं, काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले बाढी पिडितहरुको उद्दार तथा राहतको लागि थप ५ लाख रुपैयाँको सहयोग गरेको छ । ५ सय परिबारलाई जनही एक हजार बराबरको त्रिपाल तथा खाद्यन्न सामग्री उपलब्ध गराएको छ ।

 

बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत बोध राज देवकोटाले महोतरी जिल्लाको मटीहानीका बाढी पीडितहरुलाई रू ५ लाख बराबरको त्रिपाल तथा खाद्यन्न सामग्री वितरण गरेका हुन् । सामाजिक उतरदायीत्व कार्यक्रम अन्तर्गत बैंकले यस्तो सहयोग गरेको हो ।

 

देशको विभिन्नभागमा हालै गएको बाढी पिडीतहरुलाई सहयोग गर्ने उद्देश्यले बैंकले प्रधानमंत्री दैवीप्रकोप उद्घार कोषमा समेत रु. ११ लाखको आर्थिक सहायता प्रदान गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment