शरीरको अनावश्यक रौं हटाउनका लागि वाक्सिङ सहि विधी हो । बिकिनी एरियाको रौं हटाउन समेत यो राम्रो विकल्प हो । त्यसो त विकिनी वाक्सिङ नयाँ ट्रेन्ड हो, जसमा महिलाहरु रेजरले होइन, शरीरको यो संवेदनसिल हिस्साको रौं हटाउन वाक्सिङ प्रयोग गर्छन् ।
विगतमा महिलाहरुले अनावश्यक रौं हटाउन त्यसलाई काट्ने गर्थे, जो निकै सहज विधी थियो । तर, विकिनी हिस्सामा रौं काट्दा राम्रो देखिदैन । किनभने यो हिस्सा बच्चाको छाला जस्तै देखिनुपर्छ । वास्तवमा विकिनी एरियामा रहेको रौंलाई वाक्सिङ गर्नुलाई विकिनी वाक्सिङ भनिन्छ । अहिले अधिकांसले वाक्सिङको माध्यामबाट अनावश्यक रौं हटाउँछन् । यसले गर्दा छाला सफा र मुलायम देखिन्छ ।
१. वाक्सिङ गर्दा कडा रौं हुने भय रहँदैन । रौं हटाएर छालालाई मुलायम बनाउँछ ।
२. वाक्सिङपछि लामो समयमा मात्र फेरी रौं आउँछ । त्यसैले महिनैपिच्छे सेभिङ गर्नुपर्ने झन्झट हुँदैन ।
३. वाक्सिङले रौं त हट्छ नै, शरीरको उक्त हिस्साको डेथ स्किन सेल्सबाट पनि छुटकारा पाइन्छ ।
४. वाक्सिङले विकिनी एरियाको रौं पातलो र मुलायम हुन्छ । त्यसैले वाक्सिङ गर्न सहज पनि हुन्छ ।
कसरी गर्ने ?
– वाक्सिङ गर्नु एक दुई दिनसम्म रौं उखेल्न वा सेभिङ गर्न हुँदैन । रौं लामो भएपछि वाक्सिङ गर्न सजिलो हुन्छ ।
– बिकिनी एरिया एकदमै संवेदनसिल भएकाले वाक्सिङ गराउँदा अनुभवी व्यक्तिवाट मात्र गराउनुपर्छ ।
के हो वाक्सिङ
– वाक्सिङ रौंलाई जरैदेखि हटाउने एउटा प्रभावकारी र प्रचलित विधी हो । शरीरमा भएको न चाहिने रौंलाई हटाउने यो अस्थायी विधि हो ।
सावधानी
मधुमेह वा रक्तसञ्चारसम्बन्धी समस्या भएकाहरूले वाक्सिङ गर्नु हानिकारक हुनसक्छ ।
वाक्सिङ गर्दा वाक्सलाई फुलेको रक्तनली, कोठी, मुसामा पार्न हुन्न । परेला, नाक, कान, निप्पल, प्रजनन अंगसम्बन्धी क्षेत्र, जलन भइरहेको छाला, फाटेको र सूर्यको प्रकाशले डढेको छालामा पनि वाक्सिङ गर्नु हुँदैन ।
प्रतिक्रिया 4