शुक्रबारदेखि रिलिज हुन लागेको चलचित्र ‘२ रुपैयाँ’ले काठमाण्डौका मल्टिप्लेक्समा पाएको शो यो बर्षकै उच्च हो । चलचित्रले शो पाए अनुसार ओपनिङ गरेको खण्डमा व्यापार आक्रामक हुनेछ ।
‘कुटुमा कुटु’ बोलको गीतका कारण चर्चामा आएको यो चलचित्रमा निश्चल बस्नेत, आशिफ शाह, मेनुका प्रधान लगायतका कलाकारको मुख्य भुमिका छ । असिम शाहले यो चलचित्रको निर्देशन गरेका हुन् ।
यो चलचित्रलाइ काठमाण्डौ र ललितपुरमा रहेको क्यूएफक्सका ४ हलमा २४ शो दिइएको छ । काठमाण्डौको एफक्यूब, वीएसआर, वीग मुभिज, क्यूजमा पनि चलचित्रले उच्च शो पाएको छ । चलचित्रको बुकिङ मंगलबारदेखि नै खुल्ला गरिएको हो ।
कमेडी जनराको यो चलचित्रले कस्तो व्यापार गर्ने हो, त्यो शुक्रबार नै थाहा हुनेछ । तर, चलचित्रका कलाकार, गीतसंगीतको प्रभावका कारण मल्टिप्लेक्समा यसलाइ उच्च शो मिलेको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4