+
+
Shares

बलात्कारपछि किशोरीको हत्या, न्याय माग्दै आफन्त प्रहरी कार्यालयमा

अनलाइनखबर अनलाइनखबर
२०७४ भदौ २२ गते ९:३२

२२ भदौ, दैलेख । किशोरी बलात्कारपछि हत्या गरेको आरोप लगाउँदै किशोरीका आफन्तले सुर्खेतका लक्ष्मीप्रसाद आचार्यविरुद्ध जिल्ला प्रहरी कार्यालय दैलेखमा किटानी जाहेरी दिएका छन् ।

कालीकोटस्थित खिड्कीज्युलाको आले होटलमा ३ दिनसम्म बन्धक बनाइएर हत्या गरिएकी तिलागुफा–५ खल्लागाउँकी १९ वर्षीया मन्सवा न्यौपानेका बाबुले जाहेरी दिएका हुन् ।

बाबु लालु न्यौपानेले ट्रक मालिक तथा चालक आचार्यविरुद्ध किटानी जाहेरी दिएका हुन् ।

मृतकका दाजु उपेन्द्र न्यौपानेले अपराधी जोगाउन आर्थिक प्रलोभन देखाइएको बताएका छन् । उनले दोषिमाथि कडा कार्वाहीको माग गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?