Comments Add Comment

सर्वसाधारणलाई ठक्कर दिएर भाग्ने झण्डावाल गाडीमा सवार मन्त्रीको पहिचान खुल्यो


२३ भदौ, काठमाडौं । बानेश्वरमा मोटरसाइकललाई ठक्कर दिएको झण्डावाल सवारीमा सवार मन्त्रीको पहिचान खुलेको छ ।

बा १ झ ७१६३ नम्बरको झण्डावाल गाडीको ठक्करबाट बा ४८ प ९२५० नम्बरको मोटरसाइकलमा सवार दुई जना घाइते भएका छन् । घटना लगतै सर्वसाधारणले घेरेपछि मन्त्रीलाई प्रहरीले उद्दार गरेर भगाएको थियो ।

प्रहरी स्रोतका अनुसार यो गाडी सञ्चार राज्यमन्त्री तप्तबहादुर विष्टको हो । र, दुर्घटनाको समयमा उनी आफैं गाडीमा थिए ।

अनलाइनखबरसँग कुरा गर्दै राज्यमन्त्री विष्टले आफ्नो गाडी दुर्घटनामा परेको स्वीकार गरेका छन् । उनले भने, ‘म सवार गाडीमा मोटरसाइकल ठोक्किएको हो ।’

दुर्घटनापछि उद्दार नगरी किन हिँडेको भन्ने प्रश्नमा उनले भने, ‘त्यहाँ ओर्लिएर उद्दार गर्ने वातावरण नै थिएन । म पनि मान्छे हुँ । चिन्ताग्रस्त छु । कहाँ के भइरहेको छ सोधखोज गरिरहेको छु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment