+
+
Shares

नेपाली कांग्रेस संस्थागत भएनः प्रकाशमान सिंह

दिनेश थापा  दिनेश थापा
२०७४ भदौ २५ गते १६:०९

२५ भदौ, सिन्धुपाल्चोक । नेपाली कांग्रेसका नेता एवम पूर्व उपप्रधानमन्त्री प्रकाशमान सिंहले पार्टी सभापति एवम प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीलाई संस्थागत रुपमा सञ्चालन गर्न नसक्दा कांग्रेसले स्थानीय तह चुनावमा दोस्रो हुनु परेको बताएका छन् ।

‘पार्टी महाधिवेशन भएको दुइ वर्ष भइसक्यो अहिले पनि सभापति विधान अनुसार चल्नु भएन नेता सिंहले भने-‘सभापति ज्युले पार्टीलाई एकल ढंगल चलाउनु भयो ।’

नेपाली कांग्रेस सिन्धुपाल्चोकको पार्टी कार्यालय भवन शिलन्यास गर्न सदरमुकाम चौतारा आएका नेता सिंहले पार्टीले स्थानीय तह चुनावमा पार्टीले संस्थागत निर्णय गर्न नसक्दा समस्या भएको बताए । सबैको हुन खोज्दा काँग्रेस दोस्रो भयो,अब पहिलो हुनका लागि काँग्रेसले संस्थागत निर्णय गर्न सक्नु पर्छ सिंहले थपे ।

कांग्रेस भित्र नवप्रवेशीहरुले टिकट पाउँने प्रचलनले गर्दा पनि पार्टी भित्र समस्या भएको नेता सिंहले बताए । क्रिायशिल सदस्य लिन पाएको छैन उसलाई अनिवार्य टिकट दिने प्रचलन पार्टी भित्र देखिएको छ यसले गर्दा समस्या भएको छ नेता सिंहले भने ।

विधानलाई पन्छाएर पार्टी सभापतिलाई जे मन लाग्यो त्यही गर्ने छुट नभएको नेता सिंहले बताए । ‘केन्द्र गतिहीन छ अनि जिल्लाहरु कसरी क्रियाशील भएर चुनावमा होमिन्छन्न् त ?’ सिंहले प्रश्न गरे, ‘उपसभापति मनोनयन भएको छ्न्, विभिन्न विभागहरु गठन भएको छैन,प्रशिक्षण चाहियो भनेर कार्यकर्ताले माग गर्छन् तर त्यो विभाग नै गठन भएको छैन ।’

राष्ट्रिय नेता भएपछि निर्वाह गर्नुपर्ने भुमिका पार्टी सभापतिले पूरा गर्न नसकेको उनको आरोप छ ।  उनले थपे, ‘पार्टी संस्थागत हुनु पर्‍यो,कुनै समुहको मात्रै नेता हुनु भएन ।’

कार्यक्रममा काँग्रेस नेता भपुेन्द्रबहादुर थापाले अबको संघीय र प्रदेशको चुनावमा पार्टी एक ढिक्का भएर चुनावमा जानु पर्नै बताए ।

सदरमुकाम चौतारास्थित प्रेस चोकमा रहेको १३ आना जग्गामा काँग्रेस सिन्धुपाल्चोक पार्टी कार्यालय भवन निर्माण हुने काँग्रेस जिल्ला सभापति विकास लामाले जानकारी दिए ।

एक वर्ष भित्र भवन निर्माण गरी सक्ने सभापति लामाले बताए । काँग्रेसका पूर्व जिल्ला सभापति स्वर्गीय रोहिणीराज सिग्देलले काँग्रेसलाई पार्टी कार्यालय भवन निर्माणका लागि जग्गा दान गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?