+
+
Shares

वीरेन्द्रनगरमा हिंसा पीडित महिलाका लागि हेल्पडेस्क स्थापना

टेकबहादुर अोली टेकबहादुर अोली
२०७४ भदौ २६ गते १४:०६

२६ भदौ, सुर्खेत । वीरेन्द्रनगर नगर कार्यपालिकाले आफनो १०० दिने कार्यक्रम अन्र्तगत हिंसामा परेका महिलाहरुका लागि हेल्प डेस्क सञ्चालनमा ल्याएको छ ।

विभिन्न कारणले हिंसामा परी न्याएको पहुँच भन्दा बाहिर रहेका तथा राज्यको पहुँच भन्दा बाहिर रहेका हिँसा पीडित महिलाहरुका उजुरी र गुनासाहरु सुन्नका लागि हेल्पडेस्क सञ्चालनमा ल्याएको हो ।

हेल्पडेस्कको उद्घाटन गर्दै नगर कार्यपालिका प्रमुख देवकुमार सुवेदीले स्थानीय सरकारको अपन्त्व कायम गर्नका लागि हेल्पडेस्क सञ्चालनमा ल्याइएको बताए ।

उनले वीरेन्द्रनगरलाई महिला हिंसा मुक्त नगर बनाउने अभियानमा आफूहरु लागेको भन्दै सम्पूर्ण तह र तप्काका व्यक्तिहरुको सहयोगको खाँचो रहेको बताए ।

कार्यक्रममा उपप्रमुख मोहनमाया ढकालले हिँसा पीडित महिलाहरुका लागि डेस्क स्थापना गरिएको भन्दै यसबाट उनीहरुलाई न्याए प्राप्त गर्न सजिलो हुने बताएन् । डेस्क स्थापना भएपछि न्यायको पहुँचमा विस्तार हुने उनको विश्वास छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?