Comments Add Comment

कतारबाट क्षेत्रीको शव नेपाल पठाउने तयारी

१४ सेप्टेम्बर, कतार । गत बिहीबार कतारमा सवारी दुर्घटनामा परी मृत्यु भएका अर्घाखाँचीका मधु घर्ती क्षेत्रीको शव नेपाल पठाउने तयारी गरिएको छ ।

अर्घाखाँचिको सितगङ्गा गाउँपालीका-४ पोकेडाँडा निवासी वर्ष २७ का मधु घर्ती क्षेत्रीको शव नेपाल लैजाने तयारी भएको सँगै कम्पनीमा कार्यरत राजु कुँवरले बताए ।

कम्पनीले सम्पूर्ण कागजी प्रक्रिया पूरा गरी शवलाई नेपाल पठाउन अन्तिम तयारी गरेको जनाएको छ । १७ सेप्टेम्बरमा कतार एयरलाईन्समार्फ उनको शव नेपाल पठाइने कुँवरले बताए ।

मृतक क्षेत्रीको शव अहिले हमद जनरल अस्पतालको शव गृहमा राखिएको छ ।

साझा समाल रोडस्थित यात्राको क्रममा दुर्घटना परि उपचारको क्रममा घर्ती क्षेत्रीको मृत्युु भएको हो । उनी ७ महिना अघि मात्रै घर पुगेर पुनः र्फकेका थिए ।

३/४ वर्षदेखि कतारको एक कम्पनीमा कार्यरत उनको घरमा श्रीमती र एक छोरा छन् । क्षेत्रीको निधनले अर्घाखाँची सेवा समाज कतारले मर्माहत बनाएको भन्दै दुःख व्यक्त गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment