Comments Add Comment

नेपाल रेमिटको दशैं तिहार उपहारः ३२ इन्चको टीभी र माबोइल रिचार्ज

२९ भदाै, काठमाडाैं । नेपाल रेमिटले दशैं, तिहार र छठ् पर्वलाई लक्षित गर्दै आर्कषक उपहार योजना ल्याएको छ । यस उपहार कार्यक्रम अन्र्तगत ग्राहकवर्गले युएई, ओमान, कतार र कुवेतबाट ईन्स्टेन्ट क्यास् मार्फत नेपाल पैसा पठाएमा र नेपाल रेमिटबाट भुक्तानी लिएमा यस योजनामा सहभागी हुन पाउने छन् ।

यो उपहार योजनाको अवधि १५ सेप्टेम्बर देखि ३ नोभेम्बर २०१७ सम्म, सात हप्ताको लागि रहने छ । यो योजना अन्र्तगत माथि उल्लेखित् ४ राष्ट्रहरुबाट पैसा पठाउने ब्यक्तिहरु मध्ये चार जना भाग्यशाली विजेतालाई सामसुङ्गको ३२ इन्चको एल.ई.डी. टिभी प्रदान गरिनेछ साथै नेपालमा पैसा पाउने ब्यक्तिहरु मध्ये, प्रत्येक दिन एक जना भाग्यशाली विजेतालाई रु ५०० बराबरको मोबाइल रिचार्ज प्रदान गरिनेछ ।

बिगत ११ बर्ष देखि नेपाल रेमिटले ग्राहकवर्गहरुमा सेवा पुर्‍याउदै आई रहेको छ । रेमिटेन्स सेवालाई सहज र सुलभ तरीकाबाट प्रत्येक नेपालीको घर दैलो सम्म पुर्‍याउन ३,००० भन्दा बढी ऐजेन्टहरु मार्फत रेमिटेन्स सेवा दिई रहेको छ ।

दुबईस्थित ईन्स्टेन्ट क्यास् ग्लोबल मनी ट्रान्सफरले ९० भन्दा बढी राष्ट्रहरुबाट, २५०,००० ऐजेन्ट संजाल मार्फत बिश्वब्यापी रुपमा मनि ट्रान्सफर सेवा प्रदान गर्दे आई रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment