Comments Add Comment

सुर्खेतका अटो रिक्सा व्यवसायी र स्थानीय प्रशासनबीच ४ बुँदे सहमति

२० दिन भित्र कानुनी प्रकृया पूरा गर्नु पर्ने

३० भदौ, सुर्खेत । सुर्खेतका अटो रिक्सा व्यवसायी र स्थानीय प्रशासनबीच अटो रिक्सा सञ्चालनलाई व्यवस्थित गर्ने सहमति भएको छ ।
मनोमानी गरेको जनगुनसोको आधारमा बिहीबार मात्र प्रहरीले वीरेन्द्रनगरमा सञ्चालित अटो रिक्सा र टेम्पोलाई नियन्त्रणमा लिएको थियो ।

प्रहरी नियन्त्रणमा रहेका अटो रिक्सा तथा टेम्पोहरुलाई बिहीबार भएको ४ बुँदे सहमति पछि छाडिएको छ ।

जिल्ला यातायात व्यवस्थापन समितिको विहिवार वसेको वैठकमा वीरेन्ऽनगर नगरपालिका क्षेत्रभित्र संचालन हुने अटो रिक्साहरुले २० दिन भित्र यातायात कार्यालयवाट निजी नम्बरका प्लेटका सवारीसाधनलाई सार्वजनिक भाडा प्लेटमा दर्ता गरी रुट परमिट लिएर मात्र संचालन गर्नुपर्ने सहमति गरेको हो ।

प्रमुख जिल्ला अधिकारी सिताराम कार्कीको अध्यक्षतामा वसेको बैठकले अटो रिक्सा चालक अनुमतिपत्र नहुँदा समस्या उत्पन्न भएको निष्कर्ष निकाल्दै यथाशिघ्र लाईसेन्स प्रक्रिया खुलाउन भौतिक पुर्वाधार तथा यातायात मन्त्रालय अन्तरर्गत यातायात व्यवस्था विभाग र भेरी अञ्चल यातायात कार्यालयमा अनुरोध गर्ने निर्णय गरेको छ ।

त्यस्तै स्थानिय रुट पहिचान, निर्धारण, पार्किड स्थलको पहिचा, अटो रिक्सा संख्या निर्धारण गर्ने निर्णय पनि भएको छ ।

यातायात व्यवस्था विभागवाट निर्धारित भाडाका आधारमा अटो रिक्साहरुको वैज्ञानिक भाडादर निर्धारण गर्न वीरेन्ऽनगर नगर पलिकालाई जिम्मा दिने सहमति भएको छ ।

त्यस्तै सार्वजनिक सवारी साधनहरुको कानुन बमोजिम नियमित अनुगमन तथा कार्वान्यन यातायात कार्यालय र जिल्ला ट्राफिक कार्यालयवाट गर्ने लिखित सहमति भएको छ ।

वैठकमा व्यवसायिहरुले अटो रिक्साको दर्ता प्रकृया नखुलेको भन्दै लाईसेन्स प्रक्रिया तत्काल खोल्नका लागि पहल गरिदिन आग्रह गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment