Comments Add Comment

निर्वाचनको लागि सबै तयारी पूराः गृह राज्यमन्त्री श्रेष्ठ

३१ भदौ, काठमाडौं । गृह राज्यमन्त्री श्यामकुमार श्रेष्ठले प्रदेश २ मा सोमबार हुने स्थानीय तहको निर्वाचनको लागि सुरक्षा व्यवस्था कडा पारिएको बताएका छन् । उनले निर्वाचनलाई स्वच्छ निष्पक्ष र भयरहित ढंगले सम्पन्न गराउन सरकारले सम्पूर्ण गृहकार्य पूरा गरेको बताएका हुन् ।

तीन तहको निर्वाचन सम्पन्न गर्न सरकार प्रतिबद्ध रहेको बताउँदै गृहराज्यमन्त्री श्रेष्ठले संविधान कार्यान्वयनको कामलाई सरकारले पहिलो प्राथमिकतामा राखेको बताए । उनले भने, ‘तीन तहकै निर्वाचन सम्पन्न भएपछि देश दिगो विकासमा अगाडि बढछ ।’

पटक–पटक सरकार परिवर्तन हुँदा देशले आर्थिक समृद्धि र दिगो विकासले गति लिन नसकेको बताउँदै उनले समृद्धिको लागि प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिय प्रणालीमा जानुको विकल्प नभएको बताए । स्थानीय तहको निर्वाचन सम्पन्न भएको ६ वटा प्रदेशमा निर्वाचित जनप्रतिनिधिहरु आएपछि विकासले गति लिन सुरु गरेको बताउँदै मन्त्री श्रेष्ठले विकास निर्माणमा सबै मिलेर अगाडि बढनु पर्नेमा जोड दिए । राजनीतिक उपलब्धिलाई संस्थागत गर्दै रामेछापलाई सक्षम, समृद्ध र शान्त बनाउन राजनीतिक दलहरुले मात्र सम्भवन नहुने भएकाले सबै रामेछापवासी जुटनु पर्छ, उनले भने ।

‘उज्यालो रामेछाप बनाउने अभियान सुरु भएको छ, विद्युतीकरणको लागि ठेक्का भएर सर्भेको काम भइरहेको छ’,मन्त्री श्रेष्ठले भने, ‘कृषि, पर्यटन र जलविद्युतको क्षेत्र मार्फत रामेछापलाई आर्थिक समृद्धिको दिशामा अगाडि बढाउनु पर्छ ।’

रामेछाप सांस्कृति समाजले शनिबार राजधानीमा आयोजना गरेको दशैको शुभकामना तथा सष्टा सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै गृह राज्यमन्त्री श्रेष्ठले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन सम्पन्न भएपछि विकास निर्माणको लहर चल्ने दाबी गरे । रामेछापको विकास निर्माणमा बजेट विनियोजन भएपनि अपेक्षा अनुसार कार्यान्वयन हुन नसकेकोप्रति चिन्ता व्यक्त गर्दै उनले दलहरु मिलेर विकास निर्माणको कार्यलाई सामुहिक ढंगले अगाडि बढाउनु पर्नेमा जोड दिए ।

मन्त्री श्रेष्ठले सांसद हुँदा जसरी रामेछापको विकास निर्माणमा भूमिका निर्वाह गरे त्यो भन्दा शसक्त रुपमा जिल्लाको विकासको लागि लाग्ने प्रतिबद्धता व्यक्त गरे ।

कार्यक्रममा रामेछापका सांसद आङटावा शेर्पाले जिल्लाको विकासको लागि आफूले सक्दो भूमिका निर्वाह गर्ने बताए । उनले भने, ‘रामेछापको विकासको लागि प्रतिबद्ध भएर लागेको छु, आगामी दिनमा पनि लाग्छु ।’

कार्यक्रममा रामेछापकी सांसद कमला सुवेदीले रामेछाप जिल्लाको विकास निर्माणको कार्यमा सबै एकताबद्ध भएर अगाडि बढनु पर्नेमा जोड दिइन । उनले समृद्ध रामेछाप बनाउनको लागि राजीतिक आग्रह र पूर्वाग्रहबाट माथि उठनु पर्ने बताइन् ।

  • अनलाइनखबरकर्मी मातृका पौडेल

कार्यक्रममा विभिन्न क्षेत्रमा योगदान पुर्याउने स्रष्टाहरुलाई सम्मान गरिएको थियो । सम्मानित हुनेहरुमा कलाकार बेदबहादुर कार्की, अनलाइनखबरकर्मी मातृका पौडेल, खेलाडी भावना सुनुवार, अभिनेत्री मिथिला शर्मा, लोक गायक नारायण रायमाझी, लोक गायक रेशम थापा, लोक गायिका सीता थापा, गायक रोज मोक्तान, कलाकार अमृतबहादुर सुनुवार र कायक राजेन्द्रबहादुर कार्कीलाई सम्मान गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment