Comments Add Comment

एनआरएन एसिया प्यासिफिक उपसंयोजकमा पोखरेलको उम्मेदवारी

१७ सेप्टेम्बर, जापान । गैर आवासीय नेपाली संघ जापानका पूर्वअध्यक्ष तथा गैरआवासीय नेपाली संघ अन्तर्रास्ट्रिय समन्वय समितिका केन्द्रीय सदस्य पारसमणि पोखरेलले एसिया प्यासिफिकको उपसंयोजकमा उम्मेदवारी दिने घोषणा गरेका छन् । गैरआवासीय नेपालीहरुको ग्लोबल सम्मेलन यही नजिकिँदै गर्दा पोखरेलले उम्मेदवारी घोषणा गरेका हुन् ।

एनआरएनए नेपालीहरुको ग्लोबल सम्मेलन यही अक्टुबरमा हुँदैछ ।

रोटरी क्लबको प्रतिष्ठित छात्रवृति रोटरी एम्बसोडोरियल पाएर अध्ययनका लागि सन् २००४ मा जापान आएका पोखरेल जापानमा स्थापित नेपाली व्यवसायीहरुमध्ये एक मानिन्छन् । सामिका ग्रुप कम्पनीका अध्यक्ष रहेका पोखरेलले गत वर्ष सामिका सुपरमार्केट संचालनमा ल्याएका थिए । नेपालीहरुले जापानमा खोलेको यो पहिलो सुपरमार्केट हो ।

एनआरएन जापानको अध्यक्षको कार्यकालमा उनले एनआरएन जापानको कार्यालयको स्थापना, अनलार्इन सदस्यता फर्म, नेपाल फेस्टिवललगायत काम गरेर चर्चा बटुलेका थिए । २०७२ वैशाख १२ को महाभूकम्पको बेला उनले पीडितलाई आर्थिक सहयोग जुटाउन समेत महत्त्वपूर्ण भूमिका खेलेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment