+
+

रौतहटमा माओवादी र फोरमबीच झडप, प्रहरीद्वारा हवाई फायर

गाैतम श्रेष्ठ गाैतम श्रेष्ठ
२०७४ असोज २ गते १२:३३

२ असोज, राैतहट । रौतहटको मौलापुर नगरपालिका ३ मा माओवादी केन्द्र  र संघीय समाजवादी फोरमका कार्यकर्ताबीच झडप भएको छ । त्यसक्रममा प्रहरीले हवाइ फायर गरेको छ ।

प्रावि गम्हरिया पतौरा मतदान केन्ऽमा माओवादीले गैर मतदानतनलाई एजेन्टका रुपमा प्रवेश गराएको भन्दै फोरमका कार्यकर्ताले विरोध जनाएपछि विवाद भएको थियो । त्यसक्रममा भएको झडपमा दुवै तर्फका केही कार्यकर्ता घाइते भएका छन् ।

झडप नियन्त्रणमा लिने क्रममा प्रहरीले एक राउण्ड हवाई फायर समेत गरेको छ ।

झडपका कारण झण्डै एक घन्टम मतदान अवरुद्ध भएको थियो । तर, अहिले मतदान सुरू भएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?