Comments Add Comment

जीसीको हत्यामा संलग्न सापकोटा पोर्चुगलमा पक्राउ

पोर्चुगल । केही दिन अघि पर्वत मल्लाजका हरि बहादुर जी.सी.लाई छुरा प्रहार गरी हत्या गर्ने धादिङ खहरेका अर्जुन सापकोटा लिस्बनबाट पक्राउ परेका छन् ।

हत्या गरी फरार रहेका सापकोटालाई नेपालीहरुको सकृयतामा मंगलबार दिउँसो एक रेष्टुरेष्टबाट पक्राउ गरिएको हो । उनलाई राजधानी लिस्बनस्थित रोमा भन्ने स्थानमा रहेको पोखरा रेष्टुरेण्टबाट पक्राउ गरिएको गैरआवासीय नेपाली संघ पोर्चुगलका उपाध्यक्ष कमल गुरुङले जानकारी दिए ।

फरार रहेका सापकोटा रेष्टुरेण्टमा आएपछि सोही रेष्टुरेष्टमा रहेका विष्णु अवस्थी र अञ्जु गजुरेलले नेपालीहरुलाई खबर गरेका थिए ।

अवस्थी र गजुरेलको खबरको आधारमा तत्कालै रेष्टुरेष्ट पुगेर सापकोटालाई पक्राउ गरिएको खाजीकार्यमा सकृय रहेका संघका उपाध्यक्ष गुरुङले बताए । सापकोटा रेष्टुरेष्टमा आएको थाहा पाएपछि तत्कालै यहाँको स्थानीय प्रहरीलाई खबर गरिएको थियो ।

नेपालीहरुको सकृयतामा पक्राउ गरिएको सापकोटालाई तत्कालै प्रहरीको जिम्मा लगाइएको छ । यसअघि फरार रहेका सापकोटालाई पक्राउ गर्न स्थानीय प्रहरीले नेपाली समुदायसँग समन्वय गरेको थियो । सापकोटाले जी.सी.को गत मंगलबार मध्यराती राजधानी लिस्बनस्थित क्याम्पो पिक्यानो मेट्रो स्टेशन नजिकैको खुला सडकमा छुरा हानी हत्या गरेका थिए ।

जिसीको मंगलबार नै दाहसंस्कार गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment