
५ असोज, काठमाडौं । धनुषाको २ स्थानीय तहमा एमालेले जित निकालेको छ । जिल्लाको मुखियापट्टी मुसहरनिया गाउँपालिकामा एमाले विजयी भएकाे हाे ।
मुखियापट्टी मुसहरनिया गाउँपालिका प्रमुखमा एमालेका मनोजकुमार यादव ३५४० मतका साथ विजयी भएका हुन् । उपाध्यक्षमा पनि एमालेकै मिरादेवी महतोको पल्लाभारी भएको छ । उनले ३६६० मत ल्याइन् ।
बाटेश्वर गाउँपालिका प्रमुखमा एमालेका डम्बरबहादुर राउत क्षेत्री र उपाध्यक्षमा एमालेकै प्रमिला देवी विजयी भएकी छन् । राउत २३७७ र देवी २२९० मतका साथ विजयी भएका हुन् ।
धनुषाको १८ स्थानीय तहमध्ये हंशपुर नगरपालिकाको अन्तिम मत परिणाम यसअघि नै सार्वजनिक भइसकेको छ । हंशपुरमा राजपा विजयी भएको हो । अब धनुषाको १५ स्थानीय तहको परिणाम आउन बाँकी छ । १५ वटै स्थानीय तहकाे गणना अहिले भइरहेकाे छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4