Comments Add Comment

पर्साको पटेर्बासुगौलीको अध्यक्षमा एमाले, उपाध्यक्षमा कांग्रेस विजयी

५ असोज, पर्सा । पर्साको पटेर्बासुगौली गाउँपालिका अध्यक्षमा एमाले  र उपाध्यक्षामा नेपाली कांग्रेस विजयी भएको छ ।

एमालेका हरिनारायण चौधरी २९५७ मत ल्याएर ८२ मत अन्तरले अध्यक्षमा विजयी भएका हुन् । कांग्रेसका दिनेश चौधरीले २८७५ मत ल्याएका छन् ।

यस्तै उपाध्यक्षमा भने कांग्रेसकी ममता चौधरीले ३२५७ मत ल्याएर विजयी भएकी छन् । उनकी प्रतिद्वन्दी एमालेकी सन्जु चौधरीले २७८९ मत ल्याएकी छन् ।

५ वटा वडा रहेको गाउँपालिकामा एमाले र कांग्रेसले २/२ वडा जितेका छन् भने संघीय फोरमले एउटा वडामा जितेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment