+
+
Shares

पर्साको ठोरी गाउँपालिकामा माओवादी केन्द्र विजयी

अनलाइनखबर अनलाइनखबर
२०७४ असोज ५ गते १:२०

५ असोज, पर्सा । पर्साको ठोरी गाउँपालिकामा नेकपा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन् ।

केहिबेर अघि सम्पन्न मतगणनामा ठोरी गाउँपालिकाको अध्यक्षमा नेकपा माओवादी केन्द्रका पदमलाल श्रेष्ठ निर्वाचित भएका छन् । त्यस्तै उपाध्यक्षमा पनि माओवादी केन्द्रकै शान्ति माया थिङ निर्वाचित भएकी छन् ।

अध्यक्ष श्रेष्ठले २८०२ मत ल्याउँदा उनका निकटतम प्रतिद्वन्दी एमालेका लालबहादुर श्रेष्ठले २३६३ मत पाए ।

त्यस्तै उपाध्यक्ष थिङले २४८३ मत पाइन् भने निकटतम प्रतिद्वन्दी एमालेले २३०२ ल्याएकी छन् ।

योसँगै माअोवादीले तेस्रो चरणको स्थानीय चुनाव भएको प्रदेश नम्बर २ मा तीन स्थानमा जित हासिल गरेको छ । यसअघि माअोवादीले सिरहाको कर्जन्हा नगरपालिका र अर्नामा नगरपालिकामा जित हासिल गरेको थियो । उसले अहिलेसम्म २० स्थानमा अग्रता लिइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?