६ असोज, हेटौंडा । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले संसद् र प्रदेशको चुनावमा माओवादी तेस्रो पार्टी बन्ने बताएका छन् । तर, आफ्नो पार्टीको हैसियत ‘कसैले हेप्न नसक्ने’ र सरकार राज्य सञ्चालनमा निर्णायक रहने उनको दाबी छ ।
हेटौंडामा शुक्रबार बिहान सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रचण्डले आफू माओवादीको एकता र संगठन बलियो बनाउन लागेको बताए । ‘हुनु पर्ने त एक नम्बर नै हो’ उनले भने, ‘तुरुन्तै पहिलो हुने स्थिति त रहेन । तर, स्थानीय चुनावको भन्दा माथि जान्छौं र कसैले हेप्न नसक्ने भनौं वा शक्तिशाली तेस्रो हुन्छौं ।’
माओवादी कमजोर हुनुमा आफूहरुकै दोष रहेको उनले बताए । शक्ति केन्द्रहरुले माओवादीलाई शक्तिशाली भएको हेर्न नचाहेको भन्दै उनले पार्टी कमजोर हुनुमा एकतावद्ध हुन नसक्नु र जनतामा नजानु मुख्य कारण भएको बताए ।
प्रचण्डले ठूलो सरकार बनाउनु राम्रो नभएको बताए । तर, संक्रमणकालको अन्तिम सरकार भएकाले २/३ महिना जे–जे भएपनि व्यहोर्नु पर्ने धारणा राखे ।
प्रतिक्रिया 4