Comments Add Comment

यसरी बनाउन सकिन्छ पारिवारिक उत्सवलाई बालमैत्री

अहिले एकल परिवारको बर्चश्व छ । धेरैजसो दम्पतीको एउटा भन्दा बढी सन्तान छैनन् । यसरी बच्चाहरु एक्लिएका छन् । उनीहरुसँग खेल्ने साथीभाई छैन । आफ्नै दाजुभाई, दिदी बहिनी छैनन् । यस्तो अवस्थामा बालबच्चाको संसार घरभित्रै वा एउटै कोठामा खुम्चिदै गएको छ ।

अक्सर आमाबुवा कामकाजी छन् । उनीहरुलाई आफ्नो बच्चासँग खेल्ने, रमाउने, घुम्ने फुर्सद छैन । एकातिर यस्तो अवस्था छ भने, अर्कोतिर हाम्रो घर बालमैत्री छैन । घरको डाइनिङ टेबलको कुरा गरौं, वा सुत्ने ओछ्यानको हामीले आफ्नो मर्जी अनुसार तयार गरेका छौं, जो बच्चाको लागि अनुकुल नहुन पनि सक्छ ।

हाम्रो भान्सामा जे-जति परिकार पाक्छ, त्यो बच्चालाई ध्यानमा राखेर तयार गरिंदैन । आफ्नो स्वाद अनुसार मर-मसला, पीरो, अमिलो, चिल्लो प्रयोग गरेर पकाउँछौं । घरमा जमघट गरिदैछ भने, त्यसमा हामी आफु कसरी रमाउने भनेर अनेकौ जुक्ति खोजिरहेका हुन्छौं । तर, बच्चाको बारेमा भने सोचिदैन ।

चाडपर्वमा थरीथरीका परिकार पकाइन्छ । जमघट गरिन्छ । इष्टमित्र साथीभाई निम्त्याइन्छ । तास खेल्ने, मदिरा पिउने, माछामासु खाने गरिन्छ । तर, यस किसिमको माहौल तय गर्दा बच्चालाई ध्यान दिइदैन । अर्थात चाडपर्व, उत्सव, जमघट बालमैत्री हुँदैन ।

– जमघटको तयारी गरिदैछ भने बच्चाको उपस्थितीलाई पनि महत्व दिने । बच्चाहरु के कुरामा रमाउँछन्, कसरी खुसी हुन्छन् भन्ने कुरामा ध्यान दिने ।

– घर सजावाट, सामाग्रीहरुको व्यवस्थापनमा बच्चालाई पनि सहभागी गराउने । उनीहरुको निम्ति अनुकुल हुनेगरी बस्ने, खेल्ने व्यँवस्था गर्ने ।

– खानेकुराहरु बच्चाको स्वाद र स्वस्थ्यलाई ध्यानमा राखेर तयार गर्ने । बच्चाले कस्तो रुचाउँछन्, कस्तो पचाउँछन्, त्यही अनुसार खानेकुरा तयार गर्ने ।

– खानेकुरा तयार गर्दा बच्चालाई सहभागी गराउन सकिन्छ । सानोतिनो काम गराउनुपर्छ । उनीहरुलाई मन पर्ने परिकार पनि तयार गरिदिनुपर्छ ।

– चाडपर्व, उत्सवमा बच्चालाई आमाबुवाले आफ्नो मर्जी अनुसार परिहन लगाइदिने होइन । बरु, उनीहरुलाई अनुकुल हुने पहिरन लगाइदिनुपर्छ, जसमा सहज महसुष गर्न सकोस् ।

– बच्चाहरुलाई कति खाने भन्ने अन्दाज हुँदैन । जति देख्यो, खान्छन् । यसले उनीहरुको पाचन प्रक्रियामा असर गर्न सक्छ । त्यसैले खानेकुराको सन्तुलन मिलाएर खान दिनुपर्छ ।

– घरमा रमाइलो गर्दा, जमघट गर्दा बच्चालाई असर हुने काम गर्नु हुँदैन । चुरोट पिउने, मदिरा सेवन गर्ने गतिविधिले बच्चालाई मानसिक र शारीरिक पीडा हुन्छ । यस्तो काम संभव भएसम्म गर्नु हुँदैन ।
– गफ गर्दा, नाचगान गर्दा बच्चालाई पनि सहभागी गराउनुपर्छ । बच्चालाई एक्लै छाडेर मनोरञ्जन गर्नु उपयुक्त हुँदैन ।

– जमघटमा बच्चाहरु कहाँ जादैछन्, के गर्दैछन् भन्ने कुरामा ध्यान दिनुपर्छ । कुनै विद्युतिय सामग्री प्रयोग गरिरहेका हुन सक्छन्, बाथरुममा थुनिएका हुनसक्छन् । भर्‍याङ वा छतमा खेलिरहेका हुनसक्छन् । यस्तो कुरामा सर्तक रहनुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment