
६ असोज, काठमाडौं । फ्रान्सले संयुक्त राष्ट्रसंघीय बाल कोष (यूनिसेफ)मार्फत नेपालका बाढी प्रभावित १८ जिल्लामा कुपोषणको शिकार हुन पुगेका बालबालिकालाई पोषिलो आहार प्रदान गर्न २ लाख युरो (करिब २ करोड ४४ लाख) सहयोग गरेको छ ।
सहयोगको रकम यूनिसेफले झापा, मोरङ, सुनसरी, सप्तरू, सिराहा, उदयपुर, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, साविकको नवलपरासी, रुपन्देही, कपिलवस्तु, दाङ, बाँके र बर्दिया जिल्लाहरूमा तयारी औषधीयुक्त खाना वितरण गर्न प्रयोग गर्ने छ ।
हालै नेपालमा आएको बाढी पश्चात गरिएको एक अध्ययनले बालबालिकाहरूमा कुपषोण व्याप्त रहेको देखाएको थियो । ‘यो कार्यक्रम सेप्टम्बर २०१७ देखि फेब्रुअरी २०१८ सम्ममा कार्यान्वयन गरिने छ र करिब ३,००० बालबालिका यसबाट लाभान्वित हुनेछन्, फ्रान्सेली राजदूतावास र युनिसेफको संयुक्त भनिएको छ ।
फ्रान्सका राजदूत इभ कारमोनाले भने, ‘नेपालको सच्चा मित्र फ्रान्स बाढी र पहिरोको कारण भएको जनधनको क्षतिप्रति दु:ख व्यक्त गर्दछ । हामीलाई लाग्छ कि प्राकृतिक प्रकोपको सबैभन्दा ठूलो असर बालबालिकामा पर्छ । हामीलाई यस क्षेत्रमा बस्ने बालबालिकाको कुपोषणको स्थितिका बारेमा पनि थाहा छ, त्यसैल युनिसेफसँग यो विषयमा सहकार्य गर्ने निर्णय हामीले गरका हौं ।’
युनिसेफका नेपाल प्रतिनिधि रौनक खानले फ्रान्सेली सहयोगको सदुपयोग गरेर उनको संस्थाले बाढी पीडित बालबालिकाको पोषणमा सुधार ल्याउन काम गर्ने बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4