+
+
Shares

धनुषाको मिथिलामा कांग्रेस-माओवादी गठबन्धन पराजित, एमाले विजयी

राजकमल सिंह राजकमल सिंह
२०७४ असोज ६ गते २२:३७

६ असोज, धनुषा । कांग्रेस र माओवादीको गठबन्धन भएको धनुषाको मिथिला नगरपालिका प्रमुख र उपप्रमुखमा एमालेले जित हासिल गरेको छ ।

शुक्रबार राति सम्पन्न मतगणनामा एमालेका मेयर उम्मेदवार हरिनारायण महतोले ६७४० मत पाए भने निकटमत प्रतिस्पर्धी कांग्रेसका राजकुमार महतोले ५१७८ मत पाए ।

त्यस्तै उपमेयरमा पनि एमालेकै ताराकुमारी बस्नेत ६६६५ मतसहित विजयी भइन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका मीनबहादुर जर्घामगरले ६३३८ मत पाए ।

धनुषामा एमालेको यो चौथो जित हो । यसअघि मिथिला बिहारी, बाटेश्वर र मुखियापट्टीमा एमालेले जित आत्मसाथ गरेको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?