Comments Add Comment

रोहिङ्ग्याको पीडा ऐक्यबद्धता प्रकट

७ असोज, काठमाडौं । म्यानमारको आदिवासी रोहिङ्ग्या मुस्लिम समुदायमाथि ज्यादती भएको भन्दै काठमाडौंमा विरोध प्रदर्शन भएको छ ।

तराई मधेस राष्ट्रिय परिषद्ले माइतीघर मण्डलामा आयोजना गरेको कार्यक्रममा विभिन्न समुदाय र पेशाआबद्ध एक सयभन्दा बढी व्यक्तिले रोहिङ्ग्या मुस्लिम समुदायको पीडा र संघर्षमा ऐक्यबद्धता प्रकट गरे ।

सहभागीहरुले रोहिङ्ग्या समुदायप्रति म्यानमार सरकारले अख्तियार गरेको दमनकारी रबैयाको चर्को आलोचना पनि गरेका थिए ।

कार्यक्रममा सहभागीहरुले रोहिङ्ग्या समुदायको देश कुन हो ?, रोहिङ्ग्या समुदाय मुस्लिम होइनन्, जातीय नरसंहार बन्द गर जस्ता नारा लेखिएको प्लेकार्ड र ब्यानर बोकेका थिए ।

उनीहरुले रोहिङ्ग्या समुदायमाथिको अत्याचार र विस्थापनसँग सम्बन्धित कारुणिक तस्विरहरु समेत प्रर्दशन गरेका थिए ।

कार्यक्रमको अन्त्यमा विश्लेषक सीके लाल, साहित्यकार नयनराज पाण्डे र अभियन्ता सीमा खान लगायतले विस्थापित रोहिङ्ग्या मुस्लिमको घर फिर्तीको व्यवस्था गर्न र त्यस समुदायले भोग्दै आएको सम्पूर्ण समस्या सदाका लागि हल गर्न म्यानमार सरकारका साथै अन्तर्राष्टिय समुदायसँग माग गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment